एनओसी अवार्ड आइतबार

<span class='c1'>एनओसी अवार्ड</span> <span class='c2'>आइतबार</span>

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आउँदो आइतबार विभिन्न १० विधामा एनओसी अवार्ड प्रदान गर्ने भएको छ ।

बिहीबार पत्रकार सम्मेलनको आयोजन गर्दै एनओसीले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा जुन २३का दिन अवार्ड वितरण गर्ने जानकारी दिएको हो ।

तेश्रो संस्करणको अवार्डमा एनओसी उत्कृष्ट पारा खेलाडी, एनओसी उत्कृष्ट पुरुष/महिला खेलाडी, एनओसी उत्कृष्ट पुरुष/महिला प्रशिक्षक र एनओसी उत्कृष्ट संघलाई अवार्ड प्रदान गरिने एनओसीका सदस्य समेत रहेका अवार्ड आयोजक कमिटीका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले जानकारी दिए ।
अवार्डमा पारा विधा पहिलोपटक समावेश गरिएको उनको भनाइ थियो ।

त्यस्तै, खेलकुद पत्रकारितातर्फ छापा, अनलाइन, टेलिभिजन र फोटो विधामा ४ जनालाई पुरस्कृत गरिने छ । प्रत्येक विधाका विजेतालाई प्रशंसा पत्रसहित जनही ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । सोही अवसरमा ‘एनओसी प्रेसिडेन्ट रिकोग्निसन’ पनि प्रदान गरिने एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले जनाएका छन् । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले कार्यक्रमले ओलम्पिकको मूल्य र मान्यतालाई स्थापित गराउन र खेलकुदको विकासमा टेवा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्