मनसुनजन्य विपद्का लागि विराटनगर महानगरद्वारा द्रुत प्रतिकार्य टोली गठन

<span class='c1'>मनसुनजन्य विपद्का लागि विराटनगर महानगरद्वारा</span> <span class='c2'>द्रुत प्रतिकार्य टोली गठन</span>

विराटनगर । मनसुनजन्य विपदबाट हुने जोखिम न्यूनीकरण, रोकथाम, उद्धार र राहतसहितका तयारीका लागि विराटनगर महानगरपालिकाले द्रुत प्रतिकार्य टोली गठन गरेको छ ।

प्रमुखस्तरीय निणर्यअनुसार सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरेको हो ।

टोलीको सहसंयोजकमा सरसफाई शाखा प्रमुख पुनमकुमार दाहाल रहनुभएको छ । त्यस्तै आर्थिक व्यवस्थापनमा संजीवकुमार भट्टराई, आवास व्यवस्थापनमा कृष्ण भट्टराई, पशुपंछी व्यवस्थापनमा शुभनारायण यादव, स्वास्थ्य व्यवस्थापनमा डा. दिलीपकुमार यादव, पूर्वाधार व्यवस्थापनमा इन्जिनियर अर्जुन थापा रहनुभएको छ । त्यस्तै खाद्य व्यवस्थापनमा रामहरि कोइराला, उद्धार तथा सुरक्षा व्यवस्थापनमा राजन पौडेल, प्रशासन तथा सचिवालय व्यवस्थापनमा अनिता न्यौपाने, सरसफाई व्यवस्थापनमा किरण न्यौपाने र सञ्चारमा मीनकुमार नवोदित रहने गरी प्रतिकार्य टोली गठन गरिएको मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । बाढी र डुबानबाट प्रभावितको उद्धार, बासस्थान तथा आश्रयस्थान व्यवस्थापन, खाद्य, औषधि उपचार, राहत वितरणलगायतको व्यवस्थापनको सम्पूणर् तयारी गर्नेछ । ‘प्रतिकार्य टोलीमा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतज्यूसँग समन्वय गरी विपदका लागि आवश्ययक सामग्री खरिद वा भाडामा लिन सक्ने, कर्मचारी परिचालन, स्रोत परिचालन, विषयगत कार्यालय, संस्था समन्वय र बैठक, विद्यालय व्यवस्थापन, अस्थायी शौचालय, बालबालिका खेल सामग्री, शिविर सञ्चालनलगायतका अन्य विपद व्यवस्थापन कार्य गर्नेगरी जिम्मेवारी दिइएको छ,’ निर्णयमा उल्लेख छ ।

यसअघि महानगरले मनसुनजन्य विपद व्यवस्थापन र न्यूनीकरणका लागि सरोकारवाला कार्यालय र संघसंस्थाका प्रतिनिधिलाई बोलाएर तयारी तीव्र पार्ने निणर्य गरिसकेको छ । विशेष गरी विराटनगरका वडा नम्बर ९ र १० बाहेकका अधिकांश वडा बाढी र डुबानबाट प्रभावित हुँदै आएका छन् । मेयर कोइरालाले खोला छेउछाउ बसोबास गर्ने महानगरवासीलाई सतर्कता अपनाउन आग्रहसमेत गर्नुभएको छ । उहाँले निरन्तर ठूलो वर्षा भएको अवस्थामा बाढी आउनुपूर्व नै सुरक्षित स्थानमा सर्न बाढी र डुबानको जोखिम क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई अपील गर्नुभयो । महानगरले वडास्तरमा उद्धारपछि राख्नका लागि सामुदायिक भवन, विद्यालयसहितका सार्वजनिक स्थलहरुको पहिचान गरी तयारीसमेत गरेको छ ।

वडाध्यक्षको संयोकत्वमा वडास्तरमा विपद व्यवस्थापन समिति पनि रहने गर्दछ । सो समितिले वडास्तरमा हुने विपदको व्यवस्थापन गर्नेछ । वडास्तरमा अध्यक्ष वा अध्यक्षले तोकेको जनप्रतिनिधि संयोजक रहनेगरी सुरक्षा निकाय, रेडक्रस र युवा स्वयंसेवक प्रतिनिधि रहनेगरी द्रुत लेखाजोखा टोलीसमेत गठन गरिसकिएको महानगरको विपद शाखाकी प्रमुख अनिता न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीलाई क्षमता विकास सम्बन्धी तालिमसमेत दिइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्