-उज्ज्वल आचार्य
कैयौं आई बसे मेरो शीतल छहारीमा
सैयौं बर्षदेखि म रहेको यो शान्त पहाडीमा
हो उज्ज्वल म त्यही सिमलको रुख हुं
जो तिमिलाइ प्राण दिन हरदम अभिमुख छु
त्यो घामको गर्मी छल्न तिमि आइ बस्ने चौतारी म हुं
दुख अनि सुखमा तिमिलाइ साथ दिने तिम्रो दौतरी म हुं
तिम्रो बालापन बित्यो मेरै पातमा बाजा बजाउदै
तिम्रो युवावस्था बित्यो मेरै साथमा खेल्दै रमाउदै
गर्मी हुदा शीतल खोज्दै आउने घर म तिम्रो
भाँडाकुटी खेल्न दौडिदै आउने रहर म तिम्रो
मेरो अघि तिमि लडेको मैले देखे
त कहिले खुट्टा अल्झी तिमि लडेको मैले देखें
समय सङ्गै आज हेर तिम्रो दौंतरी बुढो भएको छ
लाग्दैछ ममा अब केवल अन्तिम श्वास रहेको छ
मेरा पातहरु अब झर्दैछन डाठहरु सुक्दैछन्
मेरो अन्त्य नजिक देखेर होला हेर न ति भुस्याहा कुकुरहरु भुक्दैछन्
मन त छ नि सखा तिमिसङ्ग अझै धेरै दिन जिउनलाई
तर के गर्ने त्यो काल तयार छ मलाई मदीरा बनाई पिउनलाई
म नरहे पनि हे सखा तिमि मलाई नभुल्नु है
साँझ सधैँ डराउथ्यौ तिमि बाहिर कतै नडुल्नु है
हो उज्ज्वल म त्यही सिमलको रुख हुं
जो तिमिलाइ प्राण दिन हरदम अभिमुख छु