टेक बहादुर कार्की र बिबिन्द्र नेम्वाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

<span class='c1'>टेक बहादुर कार्की र बिबिन्द्र नेम्वाङ</span> <span class='c2'>जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित</span>

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटनर प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी निरीक्षक बिबिन्द्र नेम्वाङलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएका छन् ।

कोशी प्रदेशभरी कार्यरत रहेका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनोट गरी पुरस्कृत गर्दै आएको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले सुनसरीको ईटहरी उप-महानगरपालिका-७ का राम कुमार पंडितलाई सोही स्थानका उमेश चौधरीले धारिलो हतियार प्रहार गरी वीभत्स हत्या गरी फरार भएको घटनाको प्रतिवादी तथा इटहरी उप-महानगरपालिका-१२ कि महिलालाई जवरजस्ती करणी गरी फरार भएको घटनाको प्रतिवादीलाई पक्राउ गर्न सफल भएको साथै लागू औषध कारोबार तथा चोरीका घटनाहरुमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको थिए।

त्यसैगरी प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङले बिर्तामोड नगरपालिका-४ झापा की ६७ वर्षीया विष्णु कुमारी बिष्टलाई धारिलो हतियार प्रहार गरी हत्या तथा लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा बिर्तामोड-४ का २१ वर्षीय गंगा प्रसाद राजवंशी सहित ६ जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको हुँदा उनीहरुले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल जेठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयले प्रदेशभर कार्यरत प्रहरी कर्मचारीहरू मध्येबाट उत्कृष्ट कार्य गर्नेहरूलाई छनोट गरी मासिक रूपमा पुरस्कृत गर्ने गरेको छ। यस प्रकारको सम्मानले प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न र उनीहरूलाई अझ राम्रो काम गर्न प्रोत्साहित गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्