विराटनगर : घट्दो आय, बढ्दो बजेट

<span class='c1'>विराटनगर : घट्दो</span> <span class='c2'>आय, बढ्दो बजेट</span>

विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष एक अर्ब २ करोड रुपैयाँ राजस्व आम्दानी गर्ने अनुमान गरेको थियो । यो अनुमान अनुसार महानगरले जेठ मसान्तसम्म ४७ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको छ । विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा ६४ करोड रुपैयाँ राजस्व आम्दानी गरेको थियो ।

अघिल्लो भन्दा चालु आर्थिक वर्षमा महानगरको आम्दानीमा भारी गिरावट आएको छ । वर्षेनी आम्दानी घट्दो क्रममा रहेको महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट सोमबार प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा १३ करोडले बढी हो । जब आम्दानी घट्दो क्रममा रहेको महानगरपालिकाले बजेटको आकार भने बढाएको छ ।

असार मसान्तसम्म करिब ५५ करोड राजस्व सङ्कलन हुन सक्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको आम्दानीको तुलनामा झण्डै १५ प्रतिशत कम आम्दानी गरेको महानगरले आगामी आर्थिक वर्ष चालु वर्षको तुलनामा ८ करोड बढी राजस्व सङ्कलन हुने भन्दै १ अर्ब १० करोड आन्तरिक आयको अनुमान गरेको छ ।

बजेटमा चालु र पुँजीगततर्फ ३ अर्ब ४४ करोड ९८ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ विनियोजन गरी ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्