नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानन्त्रीले भेटेरै दिए गितार उपहार

<span class='c1'>नेपाल आइडलका टाइटल विजेता परियारलाई</span> <span class='c2'>प्रधानन्त्रीले भेटेरै दिए गितार उपहार</span>

काठमाडौं । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई तथा उपहार दिएका छन्।

बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार उपहार दिएका हुन् ।

यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरु आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुखदुखमा आफू साथ रहने समेत बताए । प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्