काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोपाई कार्यक्रममा सहभागिता जनाएका छन् ।
उनीसँगै प्रथम महिला सबिता पौडेल लगायतले रोपाईमा सहभागिता जनाएका हुन् । उक्त कार्यक्रममा राष्ट्रपति निवास एवम सचिवालयका कर्मचारीले सहभागी भई धान रोपेका छन् । असार १५ अर्थात् राष्ट्रिय धान दिवसको उपलक्ष्यमा शनिबार बिहान रोपाई गरेका हुन् ।
कार्यक्रमको सुरुवात गर्दै राष्ट्रपति रपौडेलले कृषि पेशा, श्रम सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाईमा सहभागी भएको जानकारी पौडेल सचिवालयले गराएको छ ।
फोटो सौजन्य : राष्ट्रपति सचिवालय