बिधुत चोरी गर्ने १० पक्राउ

<span class='c1'>बिधुत चोरी गर्ने</span> <span class='c2'>१० पक्राउ</span>

सप्तरी, कार्तिक २५

सप्तरीको बिभिन्न स्थानबाट प्रहरी र बिधुत प्राधिकरणको टोलीले बिधुत चोरीमा संलग्न १० जनालाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ।

पक्राउ पर्नेमा सप्तरी पथ्थरगाडा-१ बस्ने राम सुन्दर साह, सोही ठाउँका प्रमोद सरदार, राजकुमार सरदार, बेल्हीचपेना ९ बस्ने पिताम्बर यादव, सोही गाविस वडा नं १ बस्ने कोसलेन्द्र मण्डल, वडा नं ९ बस्ने बिटु यादव, पथ्थरगाडा १ बस्ने ढलो साह, नर्घो १ बस्ने कमलदेव पासवान, नर्घो ३ बस्ने डम्बर यादव तथा पथ्थरगाडा- २ बस्ने राम बहादुर साह रहेका छन्।बुधबार दिउँसो १२;०० बिधुत प्राधिकरण शाखा राजविराज र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई हुकिङ गरी बिधुत चोरी गरेको अवस्थामा बुधबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ परेकाहरु उपर बिधुत प्राधिकरणबाट बिधुत चोरी ऐन मुद्दा अन्तरगत कारवाही शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्