-ऋषि तिवारी
भर्खरै अर्थात तीन-चार महिना अघि ओबी मिडियामा समाचारहरु पढ्ने गर्थेँ । कहाँ के घट्ना भएको छ, समाचार सहितको भिडियोहरु सत्य तथ्य अनि बिश्वस्त लाग्थ्यो । समाचारहरु हेर्दा हेर्दै अचानक साहित्य देखें । म फेरि साहित्य प्रेमी ! साहित्य लेखन बढ्दै गरेका औंलाहरु चलमलाउन थालें । सोंच पलायो । पत्रीकाले सहरमा चिरपरिचित गराउँछ । यो मिडियाले बिश्व पुर्याउँछ । विश्वमै चिरपरिचित हुने लोभले ओबी नजिक नजिक पुगौ पुगौ लाग्यो । ओबी मिडिया सम्पादक को हुन् ? कसरी पुग्ने ! मेरो साहित्यले कसरी स्थान पाउँला ?
साहित्यकार मित्र किस्मत खतिवडा र देवराज तामाङ सर भेंट हुनु भयो । उहाँले कुरै कुरामा कुरा निकाल्नु भयो । 'तपाई त लघुकथाकार, एउटा लघुकथा ओबीलाई दिनुस् ।''ओहो !' म पुग्न खोजेको ठाउँमा तपाई । 'लु मलाई सजिलो भयो । म पठाउँछु ।' उहाँले पुनः भन्नु भयो, 'भरे नै पठाइ हाल्नुस् ।' म अरुबेला काममा बिजी हुन्छु । लेख्न भ्याउँदिनथेँ । काम सक्कियो । भरे पनि भयो । हरेक समय सिमापछि भरे, भरे, भरे हुँदै उहाँको संगतबाट ओबीमा पनि चिरपरिचित र, चिनारीको छाप छोड्न सफल भए ।
ओबीले साहित्यलाई पनि स्थान दिन्छ भन्ने कुरा मलाई थाहा थिएन । जबदेखि मेरो साहित्य निर्धक साथ प्रकाशोन्मुख गरिदिन थाल्यो । तब बुझ्न थालें, 'आवर विराटनगर ! राम्रो विराटनगर । जय साहित्य । जय समाचार ।'
विराटनगर-६, ममता-मार्ग ।