ओरिएण्टल इन्स्युरेन्सद्वारा धनकुटामा कृषि बीमा तालिम सम्पन्न

<span class='c1'>ओरिएण्टल इन्स्युरेन्सद्वारा धनकुटामा कृषि</span> <span class='c2'>बीमा तालिम सम्पन्न</span>

धनकुटा । ओरिएण्टल इन्स्युरेन्सले धनकुटाको हिलेमा दुई दिने कृषि तथा पशुपंछी बीमा सम्बन्धि आधारभूत तालिम सम्पन्न गरेको छ। कृषि तथा पशु प्राविधिकहरूलाई लक्षित गरी आयोजित यस तालिमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रोवर्तिले गरेका थिए।

उद्घाटन समारोहमा बोल्दै चक्रोवर्तिले भने, "कृषि राष्ट्रको समृद्ध विकासको मूल आधार हो। यस तालिमको उद्देश्य किसानहरूको घरघरमा बीमाको पहुँच पुर्याउनु हो।" उनले थप गरे कि ओरिएण्टल इन्स्युरेन्स कृषि सम्बन्धि कुनै पनि बीमा गर्न सदैव तयार रहेको छ।
विभिन्न जिल्लाबाट आएका प्राविधिकहरूले यस तालिममा सहभागिता जनाएका थिए। तालिम पश्चात सहभागीहरूले ग्रामीण क्षेत्रमा गई कृषकहरुको बाली, पशुपंछी र जडिबुटीहरुको बीमा गर्ने अपेक्षा गरिएको छ।

सहभागीहरूले कृषि बीमा अभिकर्ता बन्न पाउँदा बीमाको पहुँच बढाउन थप प्रेरणा मिलेको बताए। यस तालिमले कृषि क्षेत्रमा बीमाको महत्व र पहुँच बढाउने प्रयास गरेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्