नेपाली छुर्पी : कुकुर र बिरालाको आहारका रुपमा विदेश निर्यात हुँदै

<span class='c1'>नेपाली छुर्पी : कुकुर र बिरालाको</span> <span class='c2'>आहारका रुपमा विदेश निर्यात हुँदै</span>

काठमाडौं । कुकुर र बिरालाहरुको आहारका रुपमा विदेश निर्यात हुँदै आएको नेपाली छुर्पी २७ देशमा पुग्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

भन्सार विभागका अनुसार नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ ।
चालु आर्थिक वर्षको ११ महिनासम्ममा १५ लाख ३७ हजार १८६ किलो २ अर्ब ९७ करोड ७५ लाख रुपैयाँबराबर छुर्पी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

नेपाली छुर्पी कुकुर र बिरालोको दानाका रुपमा निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा वार्षिक करिब ३६ लाख किलो छुर्पी उत्पादन हुने गरेको नेपाल डेरी एसोसिएसनको दावी छ । मुख्यगरी अमेरिका र क्यानडामा निर्यात हुँदै आएकोमा हाल ब्राजिल, क्यानडा, चीन, चेक रिपब्लिक, फिनल्याण्ड, फ्रान्स, ग्रीस लगायतका मुलुकमा नेपाली छुर्पी निकासी भइरहेको विभागले जनाएको छ ।

यसैगरी हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, लेबनान, मलेसिया, नेदरल्याण्ड र न्यूजिल्याण्डमा नेपाली छुर्पी पुग्ने गरेको छ । फिलिपिन्स, कतार, सिंगापुर, स्लोभाकिया, ताइवान, थाइल्याण्ड, यूएई, बेलायत, भियतनाम र नामिबियामा पनि चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा छुर्पी निर्यात भइरहेको विभागको तथ्यांक छ । नेपालमा विगत लामो समयदेखि छुर्पी उत्पादन हुँदै आएको छ । छुर्पी बिशेषगरी शेर्पाहरुले चौरी गाईको दुधबाट हिमाली भेगमा बनाउने चलन छ । अन्य गाईको दुधबाट पनि छुर्पी व्यवसायिक रुपमा तयार गर्ने गरिन्छ । दुध बिक्री गर्न गाह्रो हुने स्थानमा र दूध बिक्री नहुने समयमा यसको उत्पादन हुने गरेको छ ।

आन्तरिक र बाहिरी पर्यटकले खानको लागि खरिद गर्ने गरेको छुर्पी नेपालमा कोशेलीका रुपमा पनि चर्चित छ । तर युरोप अमेरिकामा भने कुकुरको आहाराको रुपमा निर्यात हुने गरेको छ । नेपालमा अधिकांश पहाडी र हिमाली जिल्लामा छुर्पी व्यवसायिक रुपमा उत्पादन गर्ने गरिन्छ । मानिसले उपभोग गरी रहेको छुर्पीमाभन्दा अर्को छुर्पी हड्डी जस्तै कडा हुने र कुकुरले मासुको हड्डी सम्झेर खाने गरेको पाइन्छ । मानिसले खाने छुर्पीमा बढी फ्याट हुने र कुकुरले खानेमा कम फ्याट हुने गरेको व्यवयायीहरु बताउने गर्छन । नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो मानिन्छ । कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ । छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँने गर्छ ।

सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो । सूर्योदय नगरपालिकास्थित फिक्कल डेरीबाट दुबै खालको छुर्पी उत्पादन भइरहेको यसका सञ्चालक दिनेश महतले जानकारी दिए । महतका अनुसार मानिसले खाने छुर्पीको बजार मूलतः नेपाल, भारत, भुटान र तिब्बत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्