उपसभामुख राना र सांसद सुहाङ नेम्वाङ चीन भ्रमणमा

<span class='c1'>उपसभामुख राना र सांसद</span> <span class='c2'>सुहाङ नेम्वाङ चीन भ्रमणमा</span>

काठमाडौं । उपसभामुख इन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागि आज(मंगलबार) चीन प्रस्थान गरेकी छिन् ।

उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशनमा भाग लिन अपरान्ह १२ बजे छेन्दुतर्फ प्रस्थान गरेकी हुन् ।

उनले उक्त फोरममा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रतिनिधीसभाका सदस्य सुहाङ नेम्बाङ र उपसभामुखका स्वकिय सचिव कुमार नेपाली पनि सहभागी छन् । फोरममा हिमाली क्षेत्रका यातयात, कृषि तथा औधोगिक क्षेत्रका साझा मुद्दाका बारेमा बहस हुनेछ । उपसभामुख राना असार २४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्