विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव सकारात्मक

<span class='c1'>विराटनगरमा रात्रीकालिन होटल व्यवसाय</span> <span class='c2'>सञ्चालनको प्रभाव सकारात्मक</span>

विराटनगर । विराटनगरमा रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव पर्यटन क्षेत्रमा सकारात्मक परेको व्यवसायीहरुले बताएका छन् । रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव मध्यम तथा साना होटलसम्म सकारात्मक रुपमा देखिएको व्यवसायीले बताएका हुन् ।

भारतसँगको सीमा नजिक रहेका कारण सुरक्षा थ्रेट देखाउँदै रात्रीकालिन होटल व्यवसाय सञ्चालनमा रोक लाग्दै आएको थियो । पछिल्लो समय स्थानीय सरकार विराटनगर महानगरपालिका पहलमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले रात्रीकालिन होटल व्यवसाय सञ्चालनमा सहजीकरण गर्दै आएको छ । सुरक्षा संयन्त्रले गरिरहेको सहजीकरणपछि यसको प्रभाव सकारात्मक देखिएको नेपाल पर्यटन व्यवसायी महासंघ कोशीका संयोजक राजन श्रेष्ठले जानकारी दिए ।

रोडशेषमा होटल स्वागतम् सञ्चालन गर्दै आएका श्रेष्ठले रात्रीकालिन होटल व्यवसाय सञ्चालनमा सहजीकरण हुँदा ११ बजेसम्म पाहुनालाई स्जागत गर्न सकिने अवस्था बनेको जानकारी दिएका छन् । ‘क्लोजिङ्गको समय छ, सिजन नभएपनि भारतबाट आउनेहरुले राम्रो समय बिताउन पाएका छन’ श्रेष्ठले भने विराटनगर बसपार्क क्षेत्रमा रातीको १२ बजेसम्म पनि खाना खान पाउने अवस्था छ, एयरपोर्ट क्षेत्रको उपस्थिति चलायमान देखिदै आएको छ ।

उनले पछिल्लो समय भारतबाट आउने पर्यटकको सवारी चेकजाँचमा समेत प्रहरी सहजीकरण गरिरहेको बताए । सीमा क्षेत्रमा चेकजाँच गरेपछि बाँकी स्थानमा सहजीकरण गर्ने गरी काम भईरहेको श्रेष्ठको भनाई छ । केहि सकारात्मक प्रभाव परेपनि जुन हिसाबले सोचेको हो त्यो नभएको उनी चिन्ता समेत व्यक्त गर्दछन् । रात्रीकालिन होटल व्यवसाय सञ्चालन गर्न छुट्टै जनशत्ति, यूनिट तयार गर्नुपर्ने अवस्था रहेको छ । लागत बढ्ने भएपछि त्यहि अनुसारको अकुपेन्सी होस् भन्ने चाहना चाँहि पुरा नभएको श्रेष्ठले जानकारी दिए । उनले कोरोनाकालपछि क्रमशः लयमा फर्किएको पर्यटन क्षेत्रलाई रात्रीकालिन होटल व्यवसाय सञ्चालनले थप ट्रयाकमा ल्याउन मद्दत गरेको बताए ।

यसैगरी अर्का पर्यटन व्यवसायी भवेश श्रेष्ठले साविक अवस्था भन्दा चहलपहल बढेको बताएका छन् । साना तथा मझौला होटलमा अझै धेरै सकारात्मक प्रभाव परेको श्रेष्ठको दावी छ । ठुला होटलमा पहिला पनि रात्री ११–१२ बजेसम्म पाहुना आउँदा स्वागत गर्ने गरिएको श्रेष्ठको भनाई छ । पछिल्लो निर्णयले एयरपोर्ट लाइनका रेष्टुरेन्टहरुलाई अझै राहत मिलिरहेको बताउँदै श्रेष्ठले भने–क्रमशः चहलपहल बढ्दै जाँदा आगामी असोज–कार्तिकपछि एक पटक विराटनगरको गतिविधि बढ्ने आसा छ ।

विराटनगरका होटलमा आउने पर्यटक भनेका भारतीय हुन् । काम विशेषले आउने बाहेक तेस्रो मुलुकका पर्यटक यहाँ आईपुग्दैनन् । भारतीय पर्यटक बाहेक यहाँ विभिन्न कामका लागि आउने आन्तरिक पर्यटक नै हुन् । व्यवसायी श्रेष्ठले सहज रुपमा रात्रीकालिन बजार सञ्चालन हुँदा यहाँ समय बिताउन चाहनदेहरुलाई समेत सहज भएको छ । व्यवसायी भवेश श्रेष्ठले सबै कुरा सकारात्मक दखिदैं गएको दावी गर्दै आगामी असोजपछि रात्रीकालिन होटल व्यवसाय सञ्चालनको प्रभाव देखिने बताएका छन् ।

मोरङ प्रहरीका प्रमुख नवराज कार्कीले मापदण्ड पालना गरेर स्वीकृत लिएका होटलहरुले मात्रै रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पाउने बताएका छन् । उनले अहिलेसम्म स्वीकृत लिएका होटलहरुमा धेरै गुनासो र समस्या नभएपनि सावधानी अपनाउनु पर्ने कुरामा सबै सजग हुनुपर्ने बताए । सञ्चालनका लागि स्वीकृति लिएको वा नलिएको पनि चेकजाँँच गर्नुपर्ने अवस्था आईसकेको एसपी कार्कीले बताए । सबैले हुलमुलमा रात्रीकालिन होटल व्यवसाय सञ्चालन गर्न नपाउने भएकोले नै मापदण्ड बनाइएकोले अनिवार्य स्वीकृति लिनुपर्ने र त्यस अगाडी मापदण्ड पुरा गर्नुपर्ने कार्कीले बताए । ठूला होटलको सवालमा धेरै समस्या नभएपनि रात्रीकालिन रेष्टुरेन्ट, गीतगजल, क्लवहरुबाट समस्या सिर्जना हुनसक्ने अवस्थालाई प्रहरीले मध्यनजर गरिरहेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्