विराटनगरको हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीस्थलको संरचना ७० प्रतिशत सकियो

<span class='c1'>विराटनगरको हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीस्थलको</span> <span class='c2'>संरचना ७० प्रतिशत सकियो</span>

इन्दु साह
विराटनगर । विराटनगर २ स्थित हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीको लागि आवश्यक संरचना निर्माण प्रगति ७० प्रतिशत भएको छ ।
विराटनगर महानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्दै आएको आरतीस्थलको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको हो ।

विराटनगर महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार संरचना निर्माणको कामा धमाधम भईरहेको छ । पछिल्लो समय वर्षात्ले केहि अवरोध गरेकोले ढिला भएको छ ।

उनले योजना सम्झौता मितिभन्दा दुई महिना अगावै सम्पन्न हुने दावी गरेका छन् । यस मन्दिर परिसरमा विवाह मण्डव, आरती प्यावलेन, गेट, लाइटिङ, पोखरी, आरती कुण्डका संरचना तयार भइरहेको छ ।

अविनय/डिविशा जेभीले ३ करोड ९८ लाख ११ हजार १२८ मा निर्माण सम्झौता गरेको हो । बहुवर्षे योजना अन्तर्गत २०७९ देखि ठेक्का पाएको कम्पनिले २०८१ माघसम्ममा यो योजना सम्पन्न गर्नु पर्ने हुन्छ । निमार्ण व्यवसायीले २ करोड बढि भुक्तान पाईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्