विराटनगरमा कोठा भाडामा लिएर अभौतिक मुद्रा कारोबार गर्ने ६ जना युवा पक्राउ

<span class='c1'>विराटनगरमा कोठा भाडामा लिएर अभौतिक मुद्रा</span> <span class='c2'>कारोबार गर्ने ६ जना युवा पक्राउ</span>

विराटनगर । अभौतिक मुद्रा प्रयोग गरी कारोबार गरेर आम सर्वसाधरणलाई ठगी गर्ने एउटा समुहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका १५ स्थित एउटा घरको ४ वटा कोठा भाडामा लिएर अभौतिक मुद्रा प्रयोग कारोबारमा संलग्न रहेका ६ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका ११ का २२ बर्षीय शिब शंकर यादब, राजगढ गाउँपालिका ३ का २० बर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका १ का २५ बर्षीय रन्जित कुमार यादव, बिराटनगर १६ का ३० बर्षीय जनार्दन यादव, २६ बर्षीय सिकिन्दर यादब र सप्तरी नर्घो घर भई बिराटनगर १५ मा बस्दै आएका ३३ बर्षीय संजिव कुमार मण्डल रहेका छन ।


असार ११ गते दिउँसो विराटनगर १५ स्थित रहेको सोहिता कर्णको घरको दोस्रो तलामा ४ वटा कोठा भाडामा लिई अभौतिक मुद्राको कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले घर कोठा खानतलासी गर्दा मोबाइल १६ थान, बिभिन्न बैंकको चेक (४४ थान, भारतिय नम्वरको सिम १३ थान, नेपाली नम्वरको सिम १( थान, बिभिन्न बैकको चेक २८ थान, बिभिन्न बैकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाईकल ३ थान, ईलेक्ट्री फ्रिंङगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैया सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्