विराटनगरको खुल्ला सडकमा मासु काटमार गरी बेच्नेलाई ठाँउको ठाँउ जरिवाना

<span class='c1'>विराटनगरको खुल्ला सडकमा मासु काटमार</span> <span class='c2'>गरी बेच्नेलाई ठाँउको ठाँउ जरिवाना</span>

विराटनगर । विराटनगरका खुला सडकमा जथाभावी जनवार काटमार गरी बेच्नेलाई ठाँउको ठाँउ जरिवाना तिराउदै मासु जफत गरेको छ ।

विराटनगर १७ रानी स्थित मुन्ना मासु पसललाई विराटनगर महानगरको टोलीले खुला ठाँउमा वध गरेको भन्दै शुक्रबार विहान ५ हजार जरिवाना तिराएको हो ।
आम सर्वसाधरण हिड्ने तथा सवारी साधन आउजाउ हुने स्थानमा राँगा काटेर बेचेको भेटेपछि महानगरले ठाँउ ठाँउ जरिवाना तिराएको थियो । खुला स्थानमा खुलेआम मासु बेच्दा अखाद्य हुने भएकाले पटक पटक सचेत गराउदै आएको तर पनि अटेर गरेपछि जरिवाना तिराउन वाध्य भएको विराटनगर महानगरपालीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । महानगरको टोलीले उक्त स्थानबाट खुला ठाँउमा बेच्न राखिएका मासुहरु समेत जफत गरिएको पौडेलले जानकारी दिए ।

जफत गरिएका मासु खाल्डो खनेर नष्ट गरिएको महानगरले जनाएको छ ।
विराटनगरका अन्य स्थानमा खुला ठाँउमा बेच्नेहरुलाई पनि सचेत हो भनेर यो अभियान चलाउदै आएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्