ओबीका समाचार संयोजक प्रेम देवान कोशी भिजन फिल्मसद्धारा सम्मानित

<span class='c1'>ओबीका समाचार संयोजक प्रेम देवान</span> <span class='c2'>कोशी भिजन फिल्मसद्धारा सम्मानित</span>

विराटनगर । सुनसरी ईटहरीमा रहेको कोशी भिजन फिल्मस प्रालीले ओबी मिडियाका निर्देशक तथा आवर विराटनगरका समाचार संयोजक प्रेम देवानलाई सम्मान गरेको छ ।

कोशी फिल्मस प्रालीद्धारा निर्माण गरिएको तामाङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चारदाम’ को प्रिमियर शोको अवसरमा कला र मनोरन्जन क्षेत्रमा कलम चलाउदै आएका पत्रकार देवानलाई सम्मान गरेको हो ।

नेपाल तामाङ घेदुङ महानगर समिति विराटनगरको समन्वयमा शनिबार विराटनगको सिटी सिनेमा हलमा चलचित्र चारदामको प्रिमियर शो गरिएको थियो ।प्रिमियर शोमा अन्य विभिन्न क्षेत्रमा योगदान पुर्याउने कृष्ण भुषणवल प्रतिष्ठानका संरक्षक शोभा लामा वल, नेपाल तामाङ घेदुङ कोशी प्रदेश सदस्य गोवीन्द तामाङ, नेपाल तामाङ घेदुङ महानगर अध्यक्ष विष्णु कुमारी तामाङ, सस्थापक अध्यक्ष कृष्ण मोक्तान , सल्लाहकार दाव बा. घिसिङ महानगर सचिव विजय तामाङ, कोषाध्यक्ष राम कुमार योञ्जनलाई पनि कदर पत्र र दोसल्ला ओढाएर
सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई कोशी भिजन फिल्मसका निर्देशक लाखमान योन्जन तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण प्रधानले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

तामाङ समुदायको लोप हुन लागेको भाषा, भेष भुषा, कला संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने उदेस्यले तामाङ संस्कृृतिमा आधारित नेपाली चलचित्र ‘चारदाम’ विराटनगरमा प्रिमियर शो गरेको छ । सिटी सिनेमाको दुईवटै हल बुक गरेर विराटनगरमा रहेका विभिन्न जातिय संस्थाका अगुवा तथा पदाधिकारीलाई बोलार प्रिमियर शो गरेको थियो । फिल्म हेरी सकेका अधिकासले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । यो फिल्मले हालै विराटनगरमा सम्पन्न ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल’मा ‘बेस्ट सर्ट फिल्म’को अवार्ड हात पारेको छ । ‘चारदाम’मा सुवास योन्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ति पाख्रिन तामाङ, पूर्ण लिम्बू, बाल कलाकार सुम्निमा योन्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राई लगायत कलाकारको अभिनय रहेको छ ।

मोहन लोप्चन तामाङको प्रस्तुतिमा तयार भएको फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले संयुक्त निर्माण गरेका हुन् । फिल्मको छायांकन पुर्वका भोजपुर , सुनसरीको सप्तकोशी नदि , पुर्वी मोरङ लेटाङ लगायतका विभिन्न रमणिय स्थलहरुमा छायाङकन गरिएका दृष्य फिल्म देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्