विराटनगरमा लागु औषध नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

<span class='c1'>विराटनगरमा लागु औषध नियन्त्रण सम्बन्धी</span> <span class='c2'>प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न</span>

विराटनगर । विराटनगरमा एक दिने लागु औषध नियन्त्रण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।

विराटनगर ओपन स्काउट क्रयूको आयोजना, मदन भण्डारी फाउण्डेसनको सहयोग र स्थानीय स्काउट कार्यालय विराटनगरको व्यवस्थापनमा यो कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता विराटनगर ओपन स्काउट क्रयूका अध्यक्ष नवल प्रसाद उपाध्यायले गरेका थिए। विराटनगर स्थानीय स्काउट प्रमुख तथा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। कोशी प्रदेशका ११ वटा पालिकाहरुबाट ५५ जना रोभर, रेन्जर तथा स्काउट लिडरहरूले यस तालिममा भाग लिएका थिए। तालिमको मुख्य उद्देश्य लागु पदार्थ विरुद्ध युवाहरुलाई सचेत गराउने र असल नागरिक बनाउने रहेको छ।

प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रहरी नायव उपरीक्षक राम तिम्सीनाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्