७ सय ९४ जना सरकारी कर्मचारीले जागिर छाडे

<span class='c1'>७ सय ९४ जना</span> <span class='c2'>सरकारी कर्मचारीले जागिर छाडे</span>

काठमाडौं । सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् ।

चालु आर्थिक वर्ष २०८०।८१ मा ७ सय ९४ निजामती कर्मचारीले सेवावधि बाँकी रहँदै राजीनामा बुझाएको किताबखानामा रेकर्ड छ । किताबखानाका अनुसार सेवावधि बाँकी रहँदै राजीनामा गर्नेमा सबैभन्दा बढी श्रेणीविहीन कर्मचारी (कार्यालय सहयोगी, हुलाकी, वन रक्षक, सवारी चालक, मालीलगायत) छन् ।

किताबखानाको रेकर्ड अनुसार सुरुदेखि अहिलेसम्म १६ हजार १९३ कर्मचारीहरूले जागिर अवधि बाँकी रहँदै राजीनामा बुझाएका छन् । निजामती सेवा ऐन २०४९ मा ५८ वर्ष उमेर पूरा भएपछि सरकारी कर्मचारीहरूले सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्