आज सुनको मूल्य घट्यो, चाँदी स्थिर

<span class='c1'>आज सुनको मूल्य</span> <span class='c2'>घट्यो, चाँदी स्थिर</span>

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रूपैयाँले घटेको हो । आइतबार १ लाख ४५ हजार ४ सय रूपैयाँमा कारोवार भएको सुन आज घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्