विराटनगर । पहाडी क्षेत्रमा परेको अविरल बर्षाका कारण तराईका नदीनाला तथा खोलाहरुमा बाढी आएपछि बस्तीहरुमा छिरेको छ ।
विगत केहीदिन यता निरन्तर परिरहेको अविरल बर्षाका कारण तराई क्षेत्रका अधिकास भागहरु डुवानमा परेका छन् । यसैविच मंगरबार दिउसो विराटनगरको पस्चिम क्षेत्रबाट बग्ने केशलिया खोलाको बहाव बढेपछि सुनसरी र मोरङका विभिन्न वडा तथा बस्तीहरु डुवानमा परेका छन् ।
विराटनगर ६ रामपुर पस्चिम डम्पिङ साईडको खोलाको पानी ओभरफ्लो भएर विराटनगरका केही भाग र बर्जु २ का केही बस्तीहरु डुवानमा परे ।
विराटनगरको पश्चिममा रहेको केशलिया खोला विराटनगरको वडा नम्बर ११ ,१२ र सुनसरीको बर्जू गाउँपालिका–२ भिमपुर बस्तीमा पानी पसेको थियो । मंगलबार दिउँसो १ बजेदेखि केसलिया खोलामा पानी भरिएर बस्तीमा पसेको स्थानियवासीले बताए ।
महानगरपालिकाको डम्पिङ साइट नजिकैबाट केशलियाको बाढी बस्तीतिर पसेको पछि विराटनगर–१२ मा रहेको सम्पन्न बस्तीसहित त्यस क्षेत्रका टोलहरू डुवानमा परेका थिए ।
केशलिया खोलाको पानी बस्तीमा छिरेपछि महानगरको नगर प्रहरी टोली प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरेर आवश्यक पर्दा उद्धारको लागी तयारी अवस्थामा राखेको थियो । पहाडी क्षेत्रमा पारेको अविरल बर्षाले गर्दा खोलामा बढेको बहावले केशलिया विराटनगर हुदै बर्जुगाँउपालीका आउजाउ गर्ने सडक खण्डमा सवारी साधन केही अवरोध भएको थियो । तर साँझ पख भने खोलाको बहाव केही मात्रामा घट्दै गएको स्थानियवासीले जानकारी दिए ।