माहेश्वरी महिला मञ्चद्वारा कृत्रिम अंग वितरण

<span class='c1'>माहेश्वरी महिला मञ्चद्वारा</span> <span class='c2'>कृत्रिम अंग वितरण</span>

विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले फरक क्षमता भएका ९ जनालाई कृत्रिम अंग प्रदान गरेको छ । विराटनगरमा समाजसेवाका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको मञ्चले फरक क्षमता भएका नागरिकको जीवनचर्या सहज बनाउने उद्देश्यले कृत्रिम अंग प्रदान गरेको हो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बुधबार आयोजित कार्यक्रममा कृत्रिम अंग वितरणको उदघाटन गरे । प्रमुख कोइरालाले महानगरले गर्ने कार्य मञ्चले गरेको भन्दै कृत्रिम अंग वितरणको सह्राहना गरे । मञ्चका अध्यक्ष पूनम राठीले कार्यक्रममा ९ जनालाई कृत्रिम अङ्ग प्रदान गरिएको जानकारी दिइन् ।

यिनमा ४ महिला, ४ पुरुष र १ बालक छन् । जम्मा ९ मध्ये ३ जनालाई हात, ५ जनालाई खुट्टा र १ जनालाई पाइताला प्रदान गरिएको छ । अध्यक्ष राठीले वितरण गरिएका कृत्रिम अंग विराटनगरको सिबिआर प्रोजेक्टले उपलब्ध गराएको बताइन् । सिबिआरले लामो समयदेखि फरक क्षमता भएका व्यक्तिका लागि काम गर्दै आएको छ ।

राठीका अनुसार कृत्रिम अंगका लागि अन्य प्राविधिक सहयोग पनि सिबिआरले नै गरेको हो । उनले मञ्चले कृत्रिम अंगका लागि ३ लाख रुपैयाँ खर्च गरेको र यो रकम गत वर्ष आयोजित श्रावणी मेलाबाट संकलन गरिएको जानकारी दिइन् । उनले भनिन्, ‘दुई वर्षअघि मैले पदभार ग्रहण गर्दा मानवकल्याणका क्षेत्रमा लामो समयसम्म देखिने गरी सेवाको केही काम गरौँ भन्ने सोचेकी थिएँ । आज यो सोचाइले मूर्त रूप पाएको अनुभव गरेकी छु ।’

राठीले कृत्रिम अंगको मद्दतबाट ९ जनौ दैनिक जीवन सहज र उपयोगी हुने विश्वास व्यक्त गरिन् । सिबिआर प्रोजेक्टका अध्यक्ष कन्नुलाल चौधरीले फरक क्षमता भएका मानिसलाई प्रोजेक्टले कृत्रिम अंगको सहयोग निरन्तर जारी राख्ने उल्लेख गरे ।
अध्यक्ष चौधरीले एउटा सानो कृत्रिम अंगका अभावले मानिसले बर्सौंसम्म दुःख पाएको आफूले देखेको चर्चा गर्दै यस्तो वितरणले मानिसको जीवनशैलीमै आमूल परिवर्तन हुनसक्ने धारणा व्यक्त गरे । कार्यक्रममा माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा, अखिल भारतवर्षीय माहेश्वरी महिला मञ्चका पूर्वाञ्चल उपाध्यक्ष गिरिजा शारडाले आआफ्नो मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्