हामीले चिनेको रवि लामिछाने अब रहनुभएन : मुकुल ढकाल

<span class='c1'>हामीले चिनेको रवि लामिछाने अब</span> <span class='c2'>रहनुभएन : मुकुल ढकाल</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले आफूले चिनेको जस्तो रवि लामिछाने अब नरहेको बताएका छन् ।

बुधबार खपार्टीबाट निलम्बित भएपछि पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछाने एक्सन म्यान भएतापनि अब पहिलाको जस्तो नरहेको बताएका हुन् ।
उनले भने, ‘हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन ।’

उनले देश बाढीपहिरोको संकटमा भएका बेला गृहमन्त्री रवि लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको समेत बताए । लामिछाने पीडितको उद्धारमा खट्नको सट्टा महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक व्यस्त रहेको उनको भनाई छ । उनले भने,‘देशमा बाढी पहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन । उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्