सोलुखुम्बुमा सिरकको व्यापार फस्टाउदै

<span class='c1'>सोलुखुम्बुमा सिरकको</span> <span class='c2'>व्यापार फस्टाउदै</span>

सोलुखुम्बु । हिमाली जिल्लाका रुपमा परिचित सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हिउँदको मौसममा सिरकको व्यापार भने निकै फस्टाउने गरेको छ । सामान्य कपडाले चिसो छल्न नसक्ने भएका कारण अधिकांश स्थानीय जनताले बाक्लो सिरक बनाउन थालेपछि सिरकको व्यापार फस्टाएको हो ।

कात्तिक–मङ्सिरको अन्त्यतिर सोलुखुम्बुका कतिपय मानिस जाडो छल्न उपत्यका तथा तराई लगायतका स्थानमा सर्ने गर्दछन् भने खासगरीे शिक्षण पेसामा संलग्न शिक्षक विद्यालय बिदा गरेर करिब साढे एक महिना जतिका लागि तराई झर्ने गर्दछन् । यसरी जिल्लाबाहिर जानेबाहेक स्थानीय बासिन्दा भने चिसो भएपनि त्यसको व्यवस्थापन गरेर बस्ने गरेका छन् । यसरी चिसोमा सिरक बनाउन नेपालकै तराई तथा भारतका सिरक व्यापारी सोलुखुम्बु आउने गरेका छन् ।

सिरक बनाउनकै लागि भारतको सीतामढीका जावीर अन्सारीसहित पाँचजनाको टोली बर्सेनि हिउँद सुरु हुनासाथ सोलुखुम्बु आउँछन् र फागुनपछि मात्र फर्कंन्छन् । उनीहरुले यहाँ सिरक बनाएर राम्रै दाम पनि कमाउने गरेका छन् । जाडोयाम सुरु भएपछि यहाँका मानिसले नयाँ सिरक बनाउँछन् भने कतिपयले त पुरानामा कपास थपेर नयाँ बनाउँछन् । कात्तिकको मध्यदेखि उनीहरुलाई यही काममा भ्याइनभ्याई हुन्छ । फागुनपछि उनीहरु आफ्नै देश भारत फर्कने बताउँछन् ।

बिहानैदेखि काम गरेर एक दिनमा तीन÷चारवटासम्म सिरक बनाउन सकिने भारतीय नागरिक मानिर पुकारले बताउनुभयो । सिरक बनाउन आउनेमा पनि एकजना मुख्य नाइके हुने र उसकै नेतृत्वमा अन्यले ज्यालादारीमा काम गर्ने उनको भनाइ छ । सिरक बनाउँदा प्रतिकेजी तीन सयका दरले ज्याला लिने गरिएको छ । प्रायः चारदेखि सात केजीसम्मको सिरक बनाइने भएकाले एउटाको रु एक हजार दुई सय देखि दुई हजार एक सयसम्म पर्ने व्यवसायी बताउँछन् ।

दिनमा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म कमाई हुने उनीहरुको भनाइ छ । जावीर अन्सारीका अनुसार तीन महिना काम गरेपछि घर जाने बेलामा एकजनाको हातमा करिब पाँच लाख रुपैयाँ पर्न आउँछ । सोलुखुम्बुमा जाडोका कारण कत्तिले त सात केजीसम्मको सिरक बनाउने गरेका छन् । सात केजी तौल बराबरको एउटा सिरकको मूल्य रु तीन हजार आठ सयसम्म पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्