सुनसरीको दुई स्थानमा आगलागी, १८ लाख ५० हजार बराबरको क्षति

<span class='c1'>सुनसरीको दुई स्थानमा आगलागी, १८</span> <span class='c2'>लाख ५० हजार बराबरको क्षति</span>

सुनसरी, मंसिर २

सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा बुधबार भएको आगलागीबाट १८ लाख ५० हजार बराबरको क्षति भएको छ।

सुनसरीको धरान उपमहानगरपालिका-१७ स्थित सहदेब बराईलीको १ तले घरमा साँझ ५ बजेतिर खाना पकाउने क्रममा राईसकुकरको तार सर्ट अचानक आगलागी भएको हो।

आगलागीबाट उनको घर भित्र भएको नगद २ लाख सहित सम्पूर्ण सामान समेत जल्दा १५ लाख बराबरको क्षति भएको छ भने नजिकै रहेको पदम बहादुर लिम्बुको घरमा समेत सामान्य क्षति हुँदा २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी इलाका प्रहरी कर्यालय धरानबाट खटिएको प्रहरीको टोली, स्थानियवासी तथा दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यता सुनसरीकै घुस्की-७ स्थित मुमताज मियाको गाई गोठमा अचानक आगलागी हुँदा गोठ मा भएको १ वटा गोरु, ३ वटा बाख्रा जलेर मरेका छन् भने अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ। आगलागी स्थानिय प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्