त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि विदेशबाट प्रविधि झिकाइने

<span class='c1'>त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको</span> <span class='c2'>खोजीका लागि विदेशबाट प्रविधि झिकाइने</span>

चितवन । चितवनको सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीका लागि सरकारले छिमेकी देशबाट आवश्यक प्रविधि झिकाउने भएको छ ।

आइतबार स्थलगत अध्ययनपछि गृहसचिव एकनारायण अर्यालले बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको जानकारी दिए ।

‘आवश्यक प्रविधि ल्याउनका लागि लागि सम्बन्धित देशका राजदूतसँग कुराकानी भइरहेको र चीन तथा भारतबाट उपकरण आउने प्रतिबद्धता आएको छ,’ उनले भने । उनले मृतकहरूको पहिचानका लागि तीव्रताका साथ काम अघि बढाउने र राहतका विषयमा पनि गृहले आवश्यक पहल गर्ने जिकिर गरे।

भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्