सटरको भा*डा नदिएको भन्दै कलेज प्रिन्सीपलद्धारा कन्सल्टेन्सीका मेनेजरमाथि कु*ट*पि*ट

<span class='c1'>सटरको भा*डा नदिएको भन्दै कलेज</span> <span class='c2'>प्रिन्सीपलद्धारा कन्सल्टेन्सीका मेनेजरमाथि कु*ट*पि*ट</span>

विराटनगर । विराटनगर १० मा रहेको कोबास कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर माथी निर्घात कुटपिट गरेको पिडितले बताएका छन् ।

प्रिन्सीपल श्रेष्ठले मिथिला कन्सलटेन्सीका मेनेजर २७ वर्षीय सुभम साह माथी कन्सलटेन्सीमा प्रवेश गरेर निर्घात कुटपिट गरेको हुन् ।

कोवास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठसहित चार जनाले मेनेजर साह माथी सोमबार दिउँसो कार्यकक्षभित्र कुटपिट गरेको सिसि क्यामारामा भिडियो समेत कैद भएको देखिन्छ ।

मोरङको जहदा गाउँपालिका २ घर भई विराटनगरमा बस्दै आएका साहलाई श्रेष्ठसहित कलेजका बाउन्सर र सुरक्षागार्डले कुटपिट गरेको पिडितहरुले आरोप लगाएका छन् ।
साह लगायत अन्य युवाहरु मिलेर कोबास कलेज परिसरमा सटर भाडामा लिएर विगत ५ बर्षदेखी कन्सलटेन्सी संचालन गर्दै आएका थिए।
यता प्रिन्सिपल श्रेष्ठले सटरको भाडा विगत ३ महिनादेखी नदिएका कारण माग्न जाँदा तथा नाम गाली बेज्जती जस्ता शब्दहरु प्रयोग गरेका कारण रिसको आभेगमा आएर हातपात भएको बताए । सुरुदेखी नै सटर खाली गर्न भनेर पटक पटक भनेको र सटरको भाडा माग्न जाँदा जहिल्यै आनाकानी गर्ने अनि उल्टै सहनै नक्सने खालको गाली गर्ने गरेको प्रिन्सीपल श्रेष्ठको आरोप छ ।

घटना भए लगत्यै पिडितहरुले कुटपिट गर्ने प्रिन्सीपललाई कारबाही हुनुपर्ने माग राखेका छन् । यता घटनामा संलग्न प्रिन्सीपल र पिडितहरु वडा प्रहरी कार्यलय विराटनगरमा सोमबार छलफलका लागी पुगेका थिए । तर वडा प्रहरी कार्यलयमा छलफल हुन नसकेपछि जिल्ला प्रहरी कार्यलय मोरङमा राती नै पठाइएको छ । प्रिन्सीपल श्रेष्ठलाई जिल्ला प्रहरी कार्यलय मोरङले राती नै नियन्त्रणमा लिएको छ । साह माथी प्रिन्सीपल श्रेष्ठले कुटपिट गरेको भिडियोमा स्पष्ट देखीएको छ, जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने,’ प्रिन्सीपल श्रेष्ठ हाम्रै नियन्त्रणमा छन् ’ घटना बारे पिडित पक्षलाई पनि बोलाएर थप अनुसन्धानमा लागेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्