विराटनगरमा आँखा पाक्ने समस्या

<span class='c1'>विराटनगरमा आँखा</span> <span class='c2'>पाक्ने समस्या</span>

इशु पन्त
विराटनगर । विराटनगरमा आँखा पाक्ने भाइरल ‘कन्जक्टीवाइटिस’ समस्या देखिन थालेको छ ।  गर्मीयाममा आँखामा संक्रमण फैलाउने ‘कन्जक्टीवाइटिस’ संक्रमणले आँखा पाक्ने समस्या देखिन थालेको हो । । गर्मीमा बढी आँप खाएकाले यस्तो समस्या भएको अनुमान गरिएको छ । तर, आँखा रोग विशेषज्ञ डा. अर्जुन कुमार विश्वासले आँप खाएर नभई यो संक्रमण अत्याधिक गर्मीका कारण फैलने गरेको बताए । उनले सरुवा रोग भएको हुँदा व्यापक रुपमा फैलावट हुनसक्ने भएकोले सावधानी अपनाउन आग्रह गरेका छन् । बाइक चलाउँदा धूलो, किराले आँखामा एलर्जी गराउन सक्ने र केहीलाई भाइरल कन्जुक्टिवाइटिसको संक्रमण हुन सक्ने उनले बताए।

कोशी अस्पताल विराटनगरको आँखा विभाग प्रमुख डा.आस्मा केसीले पछिल्लो १५ दिनयता दैनिक आठजनासम्म सेवाग्राहीमा भाईरल संक्रमण देखिएको बताइन् । उनले दैनिक जसो बिरामीहरु आउने र उनीहरुमो उहि समस्या दोहोरिएको पाइने गरेको बताइन् । उनले विद्यालय उमेर समूहका बालबालिकामा यो भाइरलले बढी समस्या पार्नसक्ने संभावना रहेको बताइन् । संक्रमण सार्न सक्ने संभावना विद्यार्थीहरुमा हुने उनको तर्क छ । साना बालबालिका भाइरल संक्रमणमा परेका व्यक्तिसँगको सम्पर्कपछि हात सफा नगरी आँखा मिच्दा वा छुँदा बढी सर्ने संभावना हुने बताइएको छ ।

यसका लक्षणहरूमा आँखा चिलाउने, आँखाबाट पानी बग्ने, आँखा टालिएको जस्तो लाग्ने, आँखा रातो हुने र आँखा सुन्निने जस्ता समस्या देखिन्छ। फरक बिरामीमा फरक लक्षण देखा पर्न सक्छ। डा. विश्वासले आँखाको समस्या हुँदा चिसो पानीले आँखा पखाल्न र धुलो तथा किराबाट बच्न चस्मा लगाउन सुझाव दिएका छन्। आँखा रोग विशेषज्ञ डाक्टर भाष्कर झाले नियमित समस्याकौ रुपमा मात्रै रहेको तर संक्रमणकै स्तरमा फैलिनसकेको बताएका छन् । उनले एक दुईजना गर्दै व्यापक संख्यामा जानसक्ने संभावनालाई रोक्न समयमै सचेत हुनुपर्ने सुझाव दिएका छन् ।

भाइरल कन्जुक्टिवाइटिसको उपचारमा लक्षणअनुसार औषधि दिने र संक्रमण अरूलाई नसरोस् भनी कालो चस्मा लगाउनुपर्ने उनले बताए । गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ । आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु आँखा पाक्ने संकेत हुन् ।

आँखा पाक्दा आँखाको सेतो भागको बाहिरी तह र ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ । संक्रमणका कारण हुने भएकाले रुघाखोकी जस्तै आँखा पाक्ने रोग पनि अरुलाई सजलै सर्छ । एडिनो भाइरस, ब्याक्टेरिया र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा आँखा पाक्ने गर्छ । एडिनो भाइरसका कारण एकबाट अर्को व्यक्तिमा आँखा पाक्ने राग छिटो सर्छ ।
यदि घरमा एक जनाको आँखा पाकेको छ भने परिवारका अरु सदस्यलाई पनि सर्छ । यो समस्या तीन–चार दिनमा ठीक हुन्छ । विराटनगर–८ एकै परिवारका तीनजनामा यो समस्या देखिसकिएको छ । त्यस बाहेक अहिले आँखा रोग विशेषज्ञ चिकित्सहरुको सम्पर्कमा समेत अहिले दैनिक जस्तो बिरामीहरु आउने गरेका छन् ।

ब्याक्टेरियाका कारण आँखा पाक्दा अवस्था अलि जटिल बन्न सक्छ । आँखामा पहेंलो खालको कचेरा आउने, आँखा धेरै सुन्निने, धेरै रातो हुने जस्ता लक्षण ब्याक्टेरियाका कारण आँखा पाक्दा देखिन्छन् ।

आँखा रातो हुनु, आँसु आइरहनु, आँखा पोल्नु, आँखा भारी हुनु, कचेरा आउनु, आँखा बिझाएजस्तो हुनु आँखा पाक्दा देखिने लक्षण हुन् । यस्तै घाममा हिंड्न गाह्रो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखा सुख्खा भएर चिलाउनु, दृष्टि धमिलो हुँदै जानु, आँखा तथा आँखा वरपर को भाग सुन्निनु आँखा पाक्दा देखिने समस्या हुन् । बिहान उठ्दा आँखाको ढकनी पूरै टाँसिनु, आँखा खोल्न गाह्रो हुनु, घाममा हेर्न वा बस्न गाह्रो हुनु पनि आँखा पाक्दा देखिने लक्षण हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्