विराटनगर ८ मा महिला तथा स्त्रीरोग सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर शुरु

<span class='c1'>विराटनगर ८ मा महिला तथा स्त्रीरोग</span> <span class='c2'>सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर शुरु</span>

विराटनगर । विराटनगर महानगरपालिकाले महिला तथा स्त्रीरोग सम्बन्धि नि :शुल्क स्वास्थ्य शिविर शुरु गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गत हरेक महिनाको पहिलो र अन्तिम बिहीबार महिला तथा स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर विशेषज्ञबाट शुरु गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।

विराट नर्सिङ होमसँगको सहकार्यमा वडा कार्यालयले महिनामा दुई पटक बिहान ११ देखि दिउँसो २ बजेसम्म वडा कार्यालयबाट सेवा प्रवाह गरिने उनले बताए । वडाध्यक्ष पोखरेलका अनुशार बिहीबार पहिलो दिन ७ गर्भवती र ५ जना पाठेघर समस्या भएका गरि १२ जनाले सेवा लिएका छन् । सेवाग्राहीहरुलाई विराट नर्सिङ होमका डा.भानुभक्त न्यौपानेले स्वास्थ्य परीक्षण गरेका थिए ।

यस पहलले स्थानीय महिलाहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने र विशेष गरी गर्भवती तथा स्त्रीरोग सम्बन्धि समस्या भएका महिलाहरूलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्