विराटनगरमा छैन कान्जि हाउस, खुल्ला चौपाया नियन्त्रण गर्दै छोड्दै गर्छ महानगर

<span class='c1'>विराटनगरमा छैन कान्जि हाउस, खुल्ला चौपाया</span> <span class='c2'>नियन्त्रण गर्दै छोड्दै गर्छ महानगर</span>

इन्दु साह
विराटनगर । विराटनगरमा खुल्ला पशुचौपायाको समस्या वर्षैदेखि यथावत छ । ७६.९९ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको महानगरपालिकामा कान्जि हाउसको आवश्यकता छ । तर, आवश्यकता अनुसारको योजना नहुँदा महानगरपालिकामा छाडा चौपायाको आतंक छ ।

महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार उत्तर, दक्षिण र मध्य क्षेत्रमा गरी ३ स्थानमा कान्जि हाउस आवश्यक छ । उनका अनुसार तत्काल तीन स्थानमा नभएपनि एक स्थानमा बानाउनै पर्ने स्थिति आएको छ । ‘हामीले नै देखिरहेका छौं, गल्लि, सडक हरेक स्थानमा चौपायाले दुःख दिईरहेका छन्’ पौडेलले भने –संस्थागत रुपमा समेत यस विषयमा कुरा उठाएका छौं ।

पौडेलले आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनेमा विश्वस्त रहेको बताए । ‘मेयरसाब् समक्ष कान्जि हाउसको विषयमा कुरा उठाएको थियौं, उहाँले बजेट छुट्याउने आश्वासन दिनु भएको छ’ पौडेलले भने–मेयरसाब् समेत यस विषयमा सकारात्मक हुनुहुन्छ, समस्या बारे जानकार भएका कारण समाधान गर्ने विषयमा उत्सुक हुनुहुन्छ ।

महानगरले पनि विभिन्न तरिकाले खुल्ला पशुचौपायालाई नियन्त्रण गर्न पहल गर्दै आएको छ । तर, मुख्य समस्या नियन्त्रणमा लिएको पशुचौपायालाई राख्ने स्थानको हुँदै आएको छ । महानगर र कोशी प्रदेशको राजधानी विराटनगरमा कान्जि हाउस समेत नरहेको अवस्थाले सडकमा पशुचौपाया जहिल्यै भेटिने गरेका छन् । नगरका सडकै पिच्छे खुल्ला चौपायाले नागरिकलाई सास्ति दिईरहेको गुनासो महानगरमा अत्याधिक आउने गरेको पौडेलको भनाई छ । नियन्त्रणमा लिएको चौपायालाई व्यवस्थित तरीकाले राख्न नसक्दा महानगरपालिका विभिन्न समयमा विवादमा समेत आउने गरेको छ ।

छ लेन सडको मध्यभागमा पशुचरण क्षेत्र जस्तो सधै चौपायाहरु चरिरहेका हुन्छन् । राजमार्ग क्षेत्रमा पशुचौपाया हुनु आफैंमा नकारात्मक विषय मानिन्छ । महानगर प्रहीले तत्काल नियन्त्रणमा लिईहाले पनि लामो समयसम्म राख्ने स्थान छैन । जसले गर्दा महानगरले जरीवाना गराएर छोड्नुपर्ने बाध्यता छ । स्थानियलेनै चौपायालाई दिनभरी सडकमा चरणको लागि खुल्ला छोड्ने गरेका छन् ।
बारम्बार महानगरले यसो नगर्न सुझाब दिएपनि जरीवाना रकम न्युन भएकोले स्थानीयले टेर्दैनन् । कान्जि हाउस भनेको छाडा वा हराएका पशुहरूलाई राख्ने एक प्रकारको अस्थायी आश्रयस्थल हो। यो शहरी क्षेत्रमा छाडा छोडिएका वा हराएका पशुहरूलाई व्यवस्थापन गर्ने एक महत्त्वपूर्ण संयन्त्र हो। यसले शहरी सडकहरूमा पशुहरूको अनियन्त्रित उपस्थितिलाई नियन्त्रण गर्न मद्दत गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्