घट्ना बढे तर मिसन संचालन गर्न बजेट अभाव छः प्रहरी

<span class='c1'>घट्ना बढे तर मिसन संचालन</span> <span class='c2'>गर्न बजेट अभाव छः प्रहरी</span>

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी)दान बहादुर कार्कीले गत वर्षको तुलनामा यो वर्ष विभिन्न किसिमका घटनाहरू बढेको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै डिआईजी कार्कीले गत वर्ष ५ हजार ९ सय ४२ घटना घटेकोमा यो वर्ष बढेर ७ हजार ३ सय २५ घटना घटेको बताएका हुन् ।

उनले गत वर्ष ४१ हजार ४ सय ३३ प्रहरी परिचालन गरिएको मध्ये अहिले घटना बढेर ६१ हजार २ सय २३ जना प्रहरी परिचान गरिएको बताए । साथै उनले गत वर्ष एक हजार १ सय ७० जना घाइते भएकोमा यो वर्ष बढेर १ हजार ६ सय ५३ घाइतेलाई उद्दार गरिएको जनाए ।
उनले भने, ‘यो वर्ष घटनाहरू बढि घटेका छन्, गत वर्ष ४१ हजार ४ सय ३३ प्रहरी परिचालन गरिएका थिए भने यो वर्ष बढेर ६१ हजार २ सय २३ जना परिचान गरिएका छन् ।

घाइतेहरूको संख्या पनि यो वर्ष बढेको छ । गत वर्ष १ हजार १ सय ७० जना घाइते थिए भने यो वर्ष बढेर १ हजार ६ सय ५३ घाइतेलाइ उद्दार गरिएको छ । शव व्यवस्थापनमा पनि शवहरूको संख्या बढेको छ । यो वर्ष ४ सय ५६ ओटा शवको व्यवस्थापन गरेको छ ।’

यस्तै उनले मिसन सञ्चालन गर्दा बजेटरी अभाव हुने गरेको बताएका छन् । उनले पछिल्लो समयमा कन्ट्रिभेसनको हिसावले टप फाइब भित्र रहेको बताए ।
उनले भने, ‘सबैभन्दा ठुलो समस्या भनेको मिसन सञ्चालन गर्दा बजेटरी अभाव हुनु हो । अहिले संसारका सबै देशहरूले बजेटरी कन्सेट देखाए । साथै मिसनको लागी बजेट आवश्यक्ता पर्छ । ठुलो परिवेश भएको देशहरूले पनि बजेट नदिएकाले मिसन पुरै सफल हुन सकेको छैन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्