विराटनगरमा पहिलोपटक शिवगंगा आरती शुभारम्भ

<span class='c1'>विराटनगरमा पहिलोपटक शिवगंगा</span> <span class='c2'>आरती शुभारम्भ</span>

विराटनगर । विराटनगरको पुष्पलालचोकस्थित घिनाघाटमा शिवगंगा आरती शुभारम्भ गरिएको छ ।

वैदिक एवं सनातन परम्परा अनुसार शुरु गरिएको आरतीमा उल्लेख्य संख्याका सर्वसाधारणले सहभागिता जनाएका छन् ।

विराटनगर महानगरपालिकाको पुर्वी सिमाना भएर बग्ने विराटनगर १९ को घिनाघाटमा साउन ७ गते साँझबाट शिवगंगा आरती शुभारम्भ गरिएको छ । साउन महिनाको पहिलो सोमबारको साईत पारेर महानगरको उत्तर पुर्वी सिमाना घिनाघाटमा रहेको पुलभन्दा दक्षिणतर्फको खोला किनारमा आरती शुभारम्भ गरिएको हो ।

वैदिक सनातन धर्म संस्कृति संरक्षण अभियान नामक प्रस्तावित समितिले सो ठाउँमा आरती शुरु गरेको हो । विराटनगरमैं पहिलोपटक शुरु गरिएको शिवगंगा आरती हेर्न उल्लेख्य संख्यामा विराटनगरवासीको भीड देखिन्थ्यो । अत्यधिक भीड भएपछि नजिकैको पुल तथा खोलापारीबाट समेत महाआरती नियालेका थिए । आरती शुरुगर्न प्रस्तावित समितिका २१ जना पदाधिकारीहरु निरन्तर १ महिनासम्म खटिएका थिए भने आरतीगर्ने बटुकहरुलाई १७ दिने प्रशिक्षण दिईएको थियो । बनारसबाट प्रशिक्षित झापाका पण्डितद्वय पुण्य गौतम र पण्डित तुलसी खतिवडाले आरतीका निम्ति स्थानीय बटुकहरुलाई प्रशिक्षण दिनुभएको जनाईएको छ । प्रत्येक सोमबारका दिन आरतीलाई निरन्तरता दिईने आयोजक अभियानका संयोजक ईश्वर खतिवडाले जानकारी दिनुभयो ।

आरती शुभारम्भको क्रममा सबभन्दा पहिले स्वस्तिवाचन,मंगलाचरण र कर्पुरबाट आरती गरिएको थियो भने त्यस लगत्तै दिप आरती र शिव ताण्डव स्त्रोत गाइएको थियो । आरती समापनसंगै प्रसाद समेत वितरण गरिएको थियो । सनातन धर्ममा गंगा आरती अनादिकालदेखी चलिआएको श्री लक्ष्मीनारायण मन्दिर पाञ्चालीका पीठाधिश स्वामी अच्यूत प्रपन्नाचार्यले जानकारी दिनुभयो । उहाँले जीवनमा जलको महत्व सर्वोपरी रहेको बताउनुहुँदै शुरु गरिएको आरतीका कारण खोला सफाईमा समेत सहयोग मिल्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्