नेपालमा नै पहिलो पटक न्यूरो हस्पिटलले ल्यायो एआइ पावर्ड १२८ सिटिस्क्यान मेसिन

<span class='c1'>नेपालमा नै पहिलो पटक न्यूरो हस्पिटलले</span> <span class='c2'>ल्यायो एआइ पावर्ड १२८ सिटिस्क्यान मेसिन</span>

विराटनगर । विराटनगरमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले नेपालमै पहिलो पटक एआई पावर्ड १ सय २८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान मेसिन र डेक्सा स्क्यान मेसिन संचालनमा ल्याएको छ ।  हस्पिटलमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी उक्त मेसिनको उद्घाटन गरी संचालनमा ल्याएको हो ।
सिटी स्क्यान मेसिन र डेक्सा स्क्यानको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की गरे ।


नेपालमा नै पहिलो पटक संचालनमा आएको सिटी स्क्यान मेशिनबाट टाउँको, नशा, हाड लगायतको जाँच गरिनुको साथै यसबाट मुटुको एन्जियोग्राफी पनि गरिने अस्पतालका अपरेसनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।


सिटि स्क्यान मेसिन अमेरिकन कम्पनीको पाँच करोडमा खरिद गरेर ल्याएको अस्पतालले जनाएको छ । सिटी स्क्यानको सहायताले शरीरभित्रका हड्डी, नसा र तन्तुहरूको जाँच गरिन्छ । विषेशगरि मतिष्कघात, मतिष्क भित्रका चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा यो मेसिन उपयोगी हुने अस्पतालका वरिष्ठ हार्डजोर्नी तथा नशारोग विशेषज्ञ डा. नविन कुमार कर्णले जानकारी दिए । सिटी स्क्यान मेसिनको स्लाइस क्षमता जति बढी भयो उति राम्रो रिपोर्ट आउने न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका अध्यक्ष विरेन्द्र कुमार विष्टले जानकारी दिए ।

अस्पतालले स्थापना काल देखि नै प्रविधीको प्रयोगलाई जहिले पनि प्राथमिकतामा राखी ठूलो लगानी गर्दै आएको अध्यक्ष विष्टले बताए ।
नविनतम प्रविधीयुक्त अत्याधुनिक उपकरणहरु जडान गरेर भरपर्दो र गुणस्तरीय सेवा प्रदान गरेको विष्टको भनाई छ ।

सुविधा सम्पन्न क्याबिन
न्यूरो हस्पिटलले सुविधा सम्पन्न क्याबिन पनि संचालनमा ल्याएको छ । हस्पिटलको छैठौं तलामा चारतारे होटलको झै सेवा सुविधा भएको स्टेन्डरको क्याबिन संचालनमा ल््याएको छ ।
छैठौं तलामा सात वटा सुविधा सम्पन्न क्याबिन बिहीबारदेखि संचालनमा आएको छ । विरामी कुरुवा बस्ने सहितको क्याबिनमा सम्पूर्ण सेवाहरु उपलब्ध रहेको र क्याबिनमा डिलक्स रुमहरु रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्