मोरङको उर्लाबारीमा सडक सुरक्षा सप्ताह भव्यकासाथ मनाइयो

<span class='c1'>मोरङको उर्लाबारीमा सडक सुरक्षा</span> <span class='c2'>सप्ताह भव्यकासाथ मनाइयो</span>

विजय धिमाल मंसिर ६

राजघाट मोरङको उर्लाबारी नगरपालिका स्थित जिल्ला ट्रफिक कार्यालय मोरङ र नेपाल रेडक्रस सोसाइटी उपसाखा उर्लाबारीको आयोजनामा सडक सुरक्षा सप्ताह २०७३ भव्य ¥याली आयोजनागरी मनाइएको छ । सडकमा हुने सवारी र्दुघटना, सवारी चालक र यात्रुहरुले पालना गर्नुपर्ने सडक सुरक्षा तथा ट्राफिक नियमको नाराहरु सहित ¥यालि आयोजना गरीएको हो । ¥यालि राधिका उच्च मावि को खेलमैदान देखि सुरुभई उर्लाबारी चोक, बरगाछी, पशुपति मार्ग हुँदै उर्लाबारी चोकमा आई औपचारीक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको थियो । ¥यालिमा उर्लाबारीका स्थानिय बिभिन्न विध्ययालय बाट करिब ६ सय बिध्यार्थी सहभागी रहेका थियो । ट्रफिक प्रहरीले मात्रै र्दुघटना न्युनिकरण गर्न नसकिने यस विषमा हामी आम नागरीकहरुले ट्रफिक नियमहरु पलना गर्दै साथ सहयोग गरेमा र्दुघटना रोक्न सम्भव हुने जिल्ला ट्रफिक कार्यालयका प्रमुखले आफ्नो मनतव्यमा राखेका थिए । मंसिर ५ गते देखि मंसिर ११ गते सम्म चल्ने यो सप्ताहमा उर्लाबारीमै अन्तर विध्ययालय हाजिरीजवाफ प्रतियोगीता, बादबिबाद, वत्तित्वकला तथा बिभिन्न खेल रहेको जानकारी सहित हामी बोलेर हैन गरेर देखाउने नेपाल रेडक्रस सोसाइटी उपसाखा उर्लाबारीका सभापति मदन बाबु प्रसाईले आफ्नो मन्तव्यमा राखेका थिए । त्यस्तै सोही विध्ययालयका शिक्षकहरु, मोरङ जिल्ला ट्रफिक कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख, अस्थाइ ट्राफिक कार्यालय उर्लाबारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा, स्थानिय राजनैतिक दलका नेताहरु र स्थानिय बुद्धिजिवि तथा समाजसेविहरु समेतको सहभागी रहेको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्