आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

<span class='c1'>आगलागी हुँदा जलेर</span> <span class='c2'>एक महिलाको मृत्यु</span>

सोलुखुम्बु, मंसिर ८ 

सोलुखुम्बुको देउसा-७ मा मंगलबार एक घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा देउसा-७ बस्ने ४० बर्षिया अस्मिता राई रहेकी छिन। अपरान्ह ४ बजेतिर भान्साकोठाबाट अचानक सल्किएको आगोले घर भित्र भएकी राईको जलेर घटना स्थलमै मृत्यु भएको बताइएको छ।

आगालगी स्थानिय प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

त्यस्तै सिरहाको लहान-७ स्थित किशन सारडाको सुनचाँदी पसलमा ग्याँस सिलिण्डर पड्किएर आगलागी हुँदा सोही पसलमा काम गर्ने बिशाल सरकर, भुपेन विश्कर्मा र रवि विश्वकर्मा घाइते भएका छन्। घाइते तीनै जनाको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्