विराटनगरका व्यापारी : क्यालेण्डरमा चाडपर्व हेर्छन्, जोगबनीको भीड सम्झन्छन्

<span class='c1'>विराटनगरका व्यापारी : क्यालेण्डरमा चाडपर्व</span> <span class='c2'>हेर्छन्, जोगबनीको भीड सम्झन्छन्</span>

विराटनगर । साउने संक्रान्तिपछि नेपालीका चाडपर्व भित्रिएको मानिन्छ । साउनपछि क्रमशः भित्रिएका चाडपर्व माघे संक्रान्तिसम्म तानिन्छ । चाडपर्व भित्रिएपछि बजार चलायमान हुन्छ । नयाँ नानादेखि मिठो खानासम्मको जोहो हुन्छ । तर, साउनमा हुने चुरापोते र साडीको व्यापारले झस्किएका विराटनगरका व्यापारी क्यालेण्डरमा चाडपर्वको मिति हेरेर नेपालीले भरिने जोगबनीको भीड सम्झन्छन् ।

विराटनगर–९ स्थित काबरा इम्पोरियमका कमलेस काबराले एउटा प्रसङ्ग कोट्याउँदै भने–कात्रो र सुतीको साडीमा कर लगाईदिने सरकार भएको देशमा चाडपर्व आउनु भन्दा नआउनु नै बेस । उनले चालु आर्थिक वर्षका लागि संघीय सरकारले जेठ १५ गते ल्याएको बजेटमा सुतीको साडी र कालोमा प्रयोग गर्ने कपडामा समेत भ्याट लगाएको भन्दै बजार सुस्ताउनुको कारण सरकार नै भएको आरोप लगाएका हुन् ।

‘सम्झन्छु अब जोगबनीमा नेपालीको ताँती कसरी भित्रन्छ, कति सामान खरिद गर्छ अनि विराटनगरको बाटो भएर फर्कन्छ’ काबराले भने–सरकारको नीतिका कारण सीमा क्षेत्रको बजारका व्यापारी खुशी हुनसक्ने अवस्था रहेन । उनका अनुसार यदि दैनिक उपभोग्य खाद्यवस्तु र कपडामा भन्सार फ्रि गरेर पाँच प्रतिशत मूल्यअभिबृद्धि कर लिने नीति मात्रै अवलम्बन गर्ने हो भने पनि नेपाली बजारमा उपभोक्ता टिक्नेछन् । तर, सरकार सञ्चालकको आँखा बन्द भएर दिमाग पनि मन्द भएपछि त्यसको असर नराम्रोसँग व्यापारमा परिरहेको उनको भनाई थियो ।

विराटनगर–९ कै अर्का कपडा व्यापारी विजय राठीको पनि कुरा यस्तै थियो । उनले चाडपर्व भित्रिएको कुरा क्यालेण्डरमा मार्क नै गरेको सुनाए । तर, क्यालेण्डरमा मार्क गरिएको मिति जति नजिकदै जान्छ त्यति नै सीमापार बजारको भीड मानसपटलमा झल्कने सुनाए । ‘त्यो भीड देखेर आएपछि विराटनगर फिक्का हुन्छ, एउटा उपभोक्ताले दश हजारको मात्रै सामान खरिद गरेपनि कम्तीमा पाँचसयले कति पैसा बुझाउँछन्, हिसाब आफैं निस्कन्छ’ राठीका अनुसार दैनिक पाँचसय भन्दा बढी उपभोक्ता सीमापार जान्छन् ।

नेपाली उपभोक्ता सीमापार बजार सरकारको नीतिका कारण पुगेको भन्दा बाहेक समेत विराटनगरमा संस्थागत तस्करीले पश्रय पाउँदा चोरी पैठारी व्यापक भएको व्यापारीहरुको गुनाो छ । सीमा क्षेत्रबाट भईरहेको तस्करीमा प्रशासन संयन्त्र नै मिलेकोले बजारमा समेत अवैध आयात भएका वस्तु खरिद गर्न उपभोक्ता आकर्षित हुन्छन् । भन्सार छलेर भित्र्याएको सामानको मूल्य त्यसैपनि २० प्रतिशत कम हुन आउने व्यापारीको भनाई छ ।

भन्छन्–सीमाबाट प्रहरीसँगको सेटिङमा केहि रकम खर्च हुन्छ, त्यस बाहेक भन्सार नबुझाएपछि धेरै फाइदा निस्कन्छ । प्रहरीले सीमासीमामा तस्करी गर्नेहरुसँग सेटिङ मिलाएर मालवस्तु भित्र्याउन प्रहरी नै परिचालन गरेको बताइन्छ । मोरङको रंगेलीका एक व्यापारीका अनुसार अहिले रंगेली र सिजुवाबाट हुने तस्करीको सेटिङ प्रहरीले नै गरिरहेको छ । जसका लागि भुवन श्रेष्ठको कमाण्डमा मनि तामाङ र जिल्लाबाट खटाइएका रघुन यादव परिचालित रहेको व्यापारीले बताए । उनीहरुको काम रातभर सामान भित्र्याउने हो, दिनभर भित्र्याएको सामान ठाउँमा पुगेपछि पैसा उठाउने हुन्छ, ती व्यापारीले बताए ।

जिल्लामा सुरक्षा संयन्त्रका तीन निकायबीच तस्करीबाट उठेको पैसा बाँडफाँड समान हुनुपर्ने विवाद चुलिरहँदा व्यापारीहरु भने तस्करी नियन्त्रणका लागि राज्यले पहल गर्न नसकेको गुनासो गरिरहेका हुन्छन् । मोरङमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी चलाएर उठाएको पैसामा राष्ट्रिय अनुसन्धानले भाग खोजेको चर्चा छ । चर्चा मात्रै नभई सुरक्षा संयन्त्रबीच नै यहि विषयलाई लिएर उजुरी हालाहाल भएपछि बेमेल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्