विराटनगरका युवा बिरुवा रोप्दै, बोरा ओढाउँदै

<span class='c1'>विराटनगरका युवा बिरुवा</span> <span class='c2'>रोप्दै, बोरा ओढाउँदै</span>

विराटनगर । विराटनगर ५ का युवाहरूले प्रकृति बचाउ अभियान अन्तर्गत बृक्षारोपण गरिरहेका छन् । विराट युवा समाज र स्थानीय बासिन्दाको सहयोगमा बिरुवा रोपिदै आएको हो ।

विराट युवा समाजका अध्यक्ष रोहित धानुकका अनुसार अहिलेसम्म २०० बिरुवा रोपिसकिएको छ। रोपिएका बिरुवा संरक्षणका लागि स्थानीय स्रोतसाधनको प्रयोग गरिदैं आएको छ । उनीहरुले बिरुवा रोपेपछि त्यसलाई पशुचौपायाबाट जोगाउन बाँसका भाटामा बोरा ओढाउँने गरेका हुन् । धानुकले भने हामीले विभिन्न प्रकारका फलफूल र फूलका बिरुवाहरू रोपेका छौं । यी बिरुवाहरू डिभिजन वन कार्यालय मोरङबाट निःशुल्क प्राप्त गरिएका हुन्। रोपिएका बिरुवाहरूको संरक्षण स्थानीय बासिन्दा आफैंले गर्ने प्रतिवद्धता जनाएका छन् । यसले अभियानलाई दीर्घकालीन र टिकाउ बनाउने अपेक्षा गरिएको छ।

विराट युवा समाजका सदस्यहरूले विराटनगरमा आवश्यक पर्ने थप बिरुवाहरू रोप्ने योजना बनाएका छन्। साथै उनीहरूको लक्ष्य यो अभियानलाई नेपालका अन्य जिल्लाहरूमा समेत विस्तार गर्ने रहेको छ। यो अभियानले स्थानीय स्तरमा वातावरण संरक्षणको चेतना जगाउनुका साथै युवाहरूलाई सामाजिक कार्यमा सक्रिय हुन प्रोत्साहित गरेको छ। स्थानियले विरुवा संरक्षणको लागि बाँस उपलब्ध गराईदिएका छन् । यस्ता सकारात्मक पहलहरूले समाज र वातावरण दुवैलाई फाइदा पुग्ने विश्वास युवाहरुले गरेका छन् । यस अभियानमा साथ दिन केहि संस्थाले अभियान्ताहरुलाई टिसर्ट समेत प्रदान गर्ने प्रतिवध्ता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्