विराटनगरको एक स्कुल बसले ठक्कर दिँदा साइकल यात्रीको मृ*त्यु

<span class='c1'>विराटनगरको एक स्कुल बसले ठक्कर</span> <span class='c2'>दिँदा साइकल यात्रीको मृ*त्यु</span>

विराटनगर । विराटनगर-१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो।

ठाकुरलाई बिहान ९: ४५ बजेतिर बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ। बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले जानकारी दिए।

प्रहरीका अनुसार बसमा विद्यार्थी थिएनन्। बसको तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्