विराटनगर बरगाछीमा सोमबारदेखि ट्राफिक लाइट सञ्चालनमा

<span class='c1'>विराटनगर बरगाछीमा सोमबारदेखि</span> <span class='c2'>ट्राफिक लाइट सञ्चालनमा</span>

विराटनगर । विराटनगरको बरगाछीमा रहेको ट्राफिक लाईट भोली साउन २१ गते सोमबार उद्धघाटन गरी औपचारीक रुपमा संचालनमा ल्याईने भएको छ । ट्राफिक लाईटको प्राविधीक पक्ष जडान गरिसकेपछि ट्राफिक लाईट शनिबारबाट नै परीक्षण तथा ट्राफिक नियमबारे सचेतना गरिदै आएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले ४४ लाखको बजेटमा बरगाछी र उदयपुरको गाइघाटमा ट्राफिक लाईट जडान गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वयमा ट्राफिक लाइट एक महिना अगाडी नै जडान गरिएको थियो । ट्राफिक लाइट जडान गरिए पनि जेब्राक्रस निर्माण र ट्राफिक लाइट सम्बन्धि प्राविधिक पक्षहरु उचित रुपमा व्यावस्थापन नभएका कारण केही दिनको लागी स्थगन गरिएको थियो ।

तर शनिबारदेखी नै ट्राफिक प्रहरी खटाएर ट्राफिक लाईट र ट्राफिक नियमबारे स्थानिय पैदलयात्री र सवारी साधान चालकहरुलाई सचेतना गरिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिनुभयो ।

प्रदेशको राजधानी भएर पनि विराटनगर यसअघि ट्राफिक लाइटविहीन थियो । अब भने कोशी प्रदेशको ट्राफिक लाइट जडान गरिएको तेस्रो सहरको रूपमा विराटनगरलाई चिनिनेछ । यसअघि इटहरी र दमकमा ट्राफिक लाइट जडान भइसकेको छ । यता बरगाछी विराटनगरको अन्य पाँच स्थानमा थप ट्राफिक लाइट जडान गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्