विराटनगरमा निर्माणाधीन पुलबाट भारतीय ट्रक खस्यो, चालक र सहचालक सुरक्षित

<span class='c1'>विराटनगरमा निर्माणाधीन पुलबाट भारतीय ट्रक</span> <span class='c2'>खस्यो, चालक र सहचालक सुरक्षित</span>

विराटनगर । सोमबार राति विराटनगरमा एक भारतीय ट्रक निर्माणाधीन पुलबाट खसेर दुर्घटनाग्रस्त भएको छ।

राति करिब ११ बजे विराटनगर १९ स्थित पुष्पलाल चोकपूर्व घिनाघाटमा निर्माणाधीन नयाँ पुलबाट बीआर ०६ जीडी ५४४४ नम्बर प्लेटको भारतीय ट्रक तीव्र गतिमा पुष्पलाल चोकतर्फ आउँदै गर्दा नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा ट्रकले निर्माणाधीन नयाँ पुलको रेलिङ भत्काएर पुरानो पुलमाथि खसेको छ।

सौभाग्यवश, ट्रक पुरानो पुलमा अड्किएका कारण सिंघीया खोलामा खस्नबाट जोगिएको छ। पुलमा अड्किएका कारण ठूलो दुर्घटना हुनबाट बचाएको छ।

ट्रक चालक बिहार घर भएका ३५ वर्षीय रनदिप सिंह र उनका सहचालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही अगाडि बढाउने र दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्