काभा महिला भलिबलको फाइनलमा नेपाल र भारत खेल्ने

<span class='c1'>काभा महिला भलिबलको फाइनलमा</span> <span class='c2'>नेपाल र भारत खेल्ने</span>

काठमाडौँ । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार भएको खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको हो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

फाइनलमा नेपालले बलियो भारतसँग प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो ।

लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । फाइल खेल बुधबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्