विराटनगरमा पार्किङ्ग, जे छ त्यसैलाई छोड्ने लाइनमा महानगर

<span class='c1'>विराटनगरमा पार्किङ्ग, जे छ</span> <span class='c2'>त्यसैलाई छोड्ने लाइनमा महानगर</span>

इन्दु साह
विराटनगर । सार्वजनिक पार्किङको अवधारणा कार्यान्वयन गराएर सडक खुल्ला गर्ने योजना अगाडी सार्दा सहयोग नपाएपछि विराटनगर महानगरपालिका गतवर्ष पछि हटेको थियो । सडकबाट पार्किङ हटाएर सार्वजनिक स्थलमा गर्ने बानीको विकास गराउन झण्डै छ महिना गरेको प्रयासमा विफल भएको महानगरपालिकाले असोजदेखि ब्याक भएको हो ।

चाडपर्व लक्षित गर्दै सडक पार्किङ खोलेपछि पुनः अर्को निर्णय गर्न महानगरपालिकालाई व्यापारीको दवावले दिइएन । विराटनगरमा पार्किङमा कडाई गरिएपछि जोगबनीको व्यापार बढ्यो भन्ने आरोप लगाएर भएपनि महानगरपालिकाका जनप्रतिनिधिलाई गलाएका व्यापारी भने अहिले पनि खुशी छैनन् । चाडपर्व भित्रियो यहाँ ग्राहक नै आउँदैनन्, सीमामा कडाई गरिदिनुपर्छ भन्ने माग उनीहरुको वर्षौदेखिकै हो ।
सडकमा पार्किङ निषेध गर्ने योजना समेत अब विराटनगर महानगरपालिकासँग छैन । महानगरपालिकाका मेयर नागेश कोइरालाले भने–सडक खुल्ला गरिदिँदा व्यापारी खुशी भएनन्, पार्किङ खुल्ला गर्दा खुशी भए, त्यसैले पार्किङ जे छ त्यसैलाई चल्न दिइनेछ ।

‘व्यापारीहरुलाई सहज भईरहेकोले पाकिङ व्यवस्थापनको आवश्यकाता महशुस नै छैन’ मेयर कोइरालाले भने पार्किङ खुल्ला हुँदा व्यापारी खुशी छन्, खोल्ने निर्णय गरेर राम्रो भएको छ । उनले आगामी दिनमा समेत कुनै विस्तृत योजना नभएको जानकारी दिए । उनले भने हामी यस विषयमा अध्ययन गरिरहेका छौं, यो समस्याले शहरको सौन्दर्य र व्यवस्थापनमा नकारात्मक असर पारेको छ, बढ्दो सिटी सफारीको चाप नगरवासीको टाउको दुखाईको विषय भएको छ ।

विराटनगरमा रहेको छ लेन सडकमा समेत दुई भागमै सवारी पार्क हुने गरेको छ । छ लेन सडकमा नियम अनुसारा कुनै प्रकारले सवरी पार्क गर्न पाईदैन । अस्पतालहरु जस्ता संवेदनशिल स्थलको अगाडि सडकमा झन् बढि सवारी पार्क गरी रहेको अवस्था छ । अस्तव्यस्त बनिरहेको विराटनगर सुधार्ने योजना अगाडी सार्न सक्ने अवस्था स्थानीय सरकारसँग समेत छैन ।

विराटनगर महानगरपालिका क्षेत्रमा अव्यवस्थित पार्किङको समस्या दिनानुदिन बढ्दै गएको छ । महानगर भित्रका सडक साँगुरा छन् । अझ निजी सवारी साधन समेतको पार्किङ स्थल सडकनै हुने गरेको छ । अस्पताल, बैंक, विभिन्न कार्यलयहरु लगायतका आसपसका सडकमा अव्यवस्थित पार्किङ हेर्दा विराटनगरको अवस्था दयनीय जस्तै छ । २८ वर्षीय मनोज दाहल भन्छन् बजार क्षेत्रमा सवारी साधनहरू जथाभावी पार्क गरिँदा पैदल यात्रु र अन्य सवारी साधनलाई आवतजावत गर्न निकै कठिन भएको छ । सवारीको चापले समयमा कार्यालय पुग्न समस्या हुने गरेको उनको गुनासो छ । १० बजे कार्यलय पुग्नु पर्ने हुन्छ तर बाटोमा सवारीको ठेलमठेलमा पर्नु पर्ने गरेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्