काभा महिला नेसन्स भलिबलको उपाधि भारतलाई

<span class='c1'>काभा महिला नेसन्स</span> <span class='c2'>भलिबलको उपाधि भारतलाई</span>

काठमाडौँ । नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेसन्स लिगकाे उपाधि जितेकाे छ ।

काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको फाइनलमा भारतले नेपाललाई ३–२ काे सेटमा हरायाे । नेपालले पहिलाे सेट २५–२३ ले जितेकाे थियाे । यस्तै दाेस्राे सेट भारतले २५–१४ ले जित्याे । यसैगरी तेस्राे सेट नेपालले २५–२२ ले जित्दा चाैथाे सेट भारतले २५–२१ ले जित्याे । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेकाे हाे ।

नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले भारतलाई ३–२ काे सेटमा हराउँदै ऐतिहासिक निकालेकाे थियाे । महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो जीत थियाे ।

प्रतियाेगितामा नेपाल, भारत, श्रीलङ्का, इरान र माल्दिभ्स गरी पाँच वटा देश सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्