कोशी अस्पतालबाट भागेका कैदी पक्राउ

<span class='c1'>कोशी अस्पतालबाट भागेका</span> <span class='c2'>कैदी पक्राउ</span>

विराटनगर । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा भर्ना भएका बेला भागेका कैदी पक्राउ परेका छन् । साउन १७ गते अस्पतालबाट भागेका विराटनगर कारागारका कैदी मोहम्मद अहमद जहदा गाउँपालिका–१ तारेगामाबाट पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको टोलिले विराटनगर–८ का २४ वर्षीय अहमदलाई नेपाल–भारत सीमा क्षेत्रमा हिँडिरहेको अवस्थामा पक्राउ गरेको कोशी प्रदेशका प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ ।

जर्बरजस्ती करणी मुद्दामा २०७९ फागुन २९ गतेबाट उनी कैद भुक्तान गरिरहेका थिए । एक्कासी पेट दुखेको भनेपछि कारागार व्यवस्थापनले अहमदलाई मंगलबार साँझ अस्पताल भर्ना गरेको थियो । उनी बिहीबार बिहान अस्पतालबाटै भागेका थिए । उनी विरुद्ध १२ वर्ष कैद र पाँचलाख रुपैँया जरिवाना अदालतले ठहर गरेको छ । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्