केराबारीमा सवारी दुर्घटनामा दुई घाइते

<span class='c1'>केराबारीमा सवारी दुर्घटनामा</span> <span class='c2'>दुई घाइते</span>

मोरङ, मंसिर १२ 

मोरङको कोशिहरैचा-१ स्थित केराबारीमा शनिबार बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्।

घाइते हुनेमा मोटरसाइकल चालक इलाम-४ घर भएका २४ बर्षिय महेश विश्वकर्मा र पछाडी सवार उनकै ठूलो बुबा ६० बर्षिय गोबिन्द विश्वकर्मा रहेका छन्। उनीहरु सवार को २७ प ३७७२ नम्बरको मोटरसाइकललाई को १ ख १४३६ नम्बरको बसले अपरान्ह ४ बजेतिर ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएका दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने बसका चालक फरार रहेकाले प्रहरीबाट खोजी भइरहेको इलाकला प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्