ब्राजिलियन फुटबल खेलाडी सहित ७२ जना यात्रु बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त

<span class='c1'>ब्राजिलियन फुटबल खेलाडी सहित ७२ जना</span> <span class='c2'>यात्रु बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त</span>

मंसिर १४, २०७३- ब्राजिलियन फुटबल खेलाडी सहित ७२ जना यात्रु बोकेको जहाज कोलम्बियामा दुर्घटनाग्रस्त भएको बताइएको छ। ब्राजिलको च्यापेकोनिज क्लबको फुटबल टोली बोकेको सो जहाज बोलिभियाबाट कोलम्बियाका लागि उडेको थियो।

बीबीसीले जनाए अनुसार अहिलेसम्म विस्तृत विवरण आउन सकेको छैन । कोलम्बियाको मेडेलिनस्थित जोसे मारिया कोर्डोभा अन्तर्राष्ट्रिय विमानस्थलमा जाने क्रममा इन्धन सकिएको कारण स्थानीय समयअनुसार सवा १० बजे विमान दुर्घटना भएको हो।

च्यापेकोनिज फुटबल टोलीले बुधबार दक्षिण अमेरिकी क्लव कपको फाइनल मेडेलिनमा कोपा सुडामेरिका फाइनलमा एट्लेटिको नेसनल टोलीसँग खेल्दै थियो ।

प्रारम्भिक रिपोर्टअनुसार १० जना घाइतेलाई घटनास्थलबाट उद्धार गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्