विराटनगर परोपकार धाम आरती, हेर्न लायकको भगवानको प्रार्थना

<span class='c1'>विराटनगर परोपकार धाम आरती,</span> <span class='c2'>हेर्न लायकको भगवानको प्रार्थना</span>

विराटनगर । अमर बस्नेत उमेरले ९५ वर्ष पुगेपछि गत शुक्रबार साँझ विराटनगर–१ स्थित परोपकार घाटस्थित सिंघीया आरतीमा पुगे ।

उनी सुस्तरी हिँडेर परोपकार धाम क्षेत्रमा सुरु भएको आरतीको अवलोकन गरेका हुन् । तीस वर्षदेखि बिराटनगर बस्दै आएका उनले पहिलो पटक भव्य आरती देख्न पाएको बताए । ‘बुढ्यौलीले साथ नदिएपछि आरतीले उर्जा थपिदियो’ बस्नेतले हँसिलो मुद्रामा भने–खुशी लाग्यो जीवनको अन्तिम समयमा भगवानको नाममा भएको उत्सव आरती हेर्न पाइयो ।

उनी जस्तै ६५ वर्षीय पदम प्रसादले यस्तो आरती पहिले काठमाडौंमा मात्र देखेको र अब आफ्नै शहर विराटनगरमा पनि देख्न पाउँदा अत्यन्त खुसी र गौरवान्वित महसुस गरेको बताए । उनले भने यो कार्यक्रमले हाम्रो समुदायमा धार्मिक जागृति ल्याउनेछ र हाम्रा युवा पुस्तालाई आफ्नो संस्कृति र परम्पराप्रति अझ बढी जागरुक बनाउनेछ।

कार्यक्रममा विराटनगरका विभिन्न स्थानबाट बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेख्य उपस्थिति रहेको थियो। विशेषगरी युवा वर्गको सहभागिताले धेरैलाई प्रभावित पारेको छ। यस्ता कार्यक्रमले युवाहरूलाई संस्कृति र परम्पराको महत्व बुझ्न मद्दत गर्छ। साथै यस्ता कार्यक्रमहरूले समुदायलाई एकजुट गर्न र सांस्कृतिक परम्परालाई जीवन्त राख्न मद्दत पुर्‍याउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्