फिल्मी शैलिमा चटपटेवालामाथि लुटपाट

<span class='c1'>फिल्मी शैलिमा</span> <span class='c2'>चटपटेवालामाथि लुटपाट</span>

भोजराज श्रेष्ठ

धरान/धरानमा केही दिन यतादेखि  चक्कू देखाएर एक युवाले चटपटेवालाहरुसँग फिल्मीशैलीमा लुटपाट गर्ने गरेको पाइएको छ ।पछिल्लो १० दिनयतादेखि धरानका विभिन्न स्थानमा ठेलामा राखेर चटपटे बेच्नेहरुलाई भुडीमा चक्कू तेस्र्याउँदै थैलाको रकम लुट्ने गरेको चटपटे व्यापारीहरुले बताएका छन् ।

सुरुमा आम ग्राहक जसरी नै चटपटे माग्ने त्यसपछि चटपटे बनाउन थालेपछि भुडीमा चक्कु तेस्र्याएर पैसा लुट्ने गरेको चटपटे व्यापारी श्याम चौधरीले बताए ।लुटेरा रातो रङ्गको एभेन्जरमा हेलमेट र मुखमा मास्क लगाएर आउने गरेको चौधरीले बताए । चौधरीको गत मंगलबार र शुक्रबार गरी ४५ सय रुपैया लुटेर लगेको बताएका छन् ।

चौधरीजस्ता झण्डै सातजना भन्दा बढी चटपटे व्यवसायीहरु लुटिएपछि सामूहिक रुपमा इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिने तयारी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्