मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा ८ राज्यमन्त्री बर्खास्त

<span class='c1'>मधेश प्रदेशका मुख्यमन्त्रीद्वारा</span> <span class='c2'>८ राज्यमन्त्री बर्खास्त</span>

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

मधेश प्रदेशमा मन्त्री १२ जना र ८ जना राज्यमन्त्री गरेर २० जना मन्त्री बनाएपछि चौतर्फी आलोचना भएपछि मुख्यमन्त्री सिंहले राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्।

नेपाली कांग्रेसका वरिष्ठ नेताहरू शेखर कोइराला र नैनसिंह महरले पार्टीको केन्द्रीय समिति बैठकमा यस निर्णयको कडा आलोचना गरेका थिए। त्यसैगरी, मुख्यमन्त्री सिंहको आफ्नै दल जनमत पार्टीले पनि उनलाई स्पष्टीकरण सोधेको थियो।

अब संशोधित मन्त्रिमण्डलमा १२ जना मन्त्री मात्र रहनेछन्। यसमा नेपाली कांग्रेस र नेकपा (एमाले) का ४-४ जना, जनमत पार्टीका मुख्यमन्त्रीसहित ३ जना, र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १ जना मन्त्री रहेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यो कदमले मधेश प्रदेश सरकारप्रति पहिले देखि नै रहेको नकारात्मक धारणालाई केही हदसम्म सम्बोधन गर्न सक्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्