विराटनगरको एयर क्वालिटी इन्डेक्स डिस्प्ले पाँच महिनायता बन्द

<span class='c1'>विराटनगरको एयर क्वालिटी इन्डेक्स</span> <span class='c2'>डिस्प्ले पाँच महिनायता बन्द</span>

इन्दु साह
विराटनगर । विराटनगरको वायु प्रदुषणले स्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स बिग्रिएको छ । वन डिभिजन कार्यालय विराटनगरमा रहेको वायु गुणस्तर मापन गर्ने उत्त प्रविधियन्त्र पाँच महिनादेखि बन्द भएको हो ।

कार्यालयका अनुसार दैनिक शहरको हावाको गुणस्त एयर क्वालिटी इन्डेक्समा देखिने गरेको थियो । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकृत रामलखन ठाकुरका अनुसार एयर क्वालिटी इन्डेक्स विगत ५ महिना देखि विग्रिएर बन्द रहेको छ ।

यसले गर्दा नियमित र सटीक डाटा संकलनमा समस्या आएको छ। मुलुकभरको बायु प्रदुषणको विवरण हेरिने डिस्प्ले विराटनगर ३ स्थित डिभिजन बन कार्यालयमा राखिएको थियो । विगत ५ वर्षदेखि संघीय सरकार अन्तर्गत वातावरण विभागले वायुप्रदुषण मापन गर्ने उक्त्त डिस्प्ले वन डिभिजनमा राखेको थियो। अहिले विग्रदा बनाउने जिम्मा भएको विभागले ध्यान दिएको छैन ।

विशेष गरी गर्मी महिनामा एयर क्वालेटी इन्डेक्स कम र जाडो महिनामा बढी देखाउने गरेको थियो । सामान्यतया हावामा प्रदूषणको मात्र ०–५० सम्मको विन्दुलाई राम्रो मानिन्छ । एयर क्वालेटी इन्डेक्स ५१ देखी १०० सामान्य र १०१ देखी १५० सम्मलाई खतराको सिमामा रहेको बुझिन्छ भने १५१ देखी २०० सम्मलाई रेड जोन अर्थात स्वास्थ्यको लागि खतरा रहेको भन्ने बुझिन्छ ।

त्यसैगरी ईन्डेक्समा देखाइएको मापन २०१ देखी ३०० सम्मलाई ‘भेरी अनहेल्दी’ अर्थात पुरा खतरा भन्ने बुझिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्